स्थानियको श्रमदान द्वारा सोलिङ
साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ
खोटाङको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङमा साकेला श्रम अभियान अन्तर्गत स्थानीयवासीले श्रमदानमार्फत सडक सोलिङ गरेका छन्।
कात्तिके पारुङ–मानेभञ्ज्याङ सडकखण्ड अन्तर्गत पारुङ क्षेत्रमा ४५ जना स्थानीयको सहभागितामा करिब २० मिटर सडक सोलिङ गरिएको हो। सडक निर्माणका लागि आवश्यक ढुंगा ओसार्न साकेला गाउँपालिकाले ट्र्याक्टर उपलब्ध गराएको थियो।

स्थानिय द्वारा बाटो सोलिङ
पानी जम्ने समस्याका कारण उक्त स्थानमा मोटरसाइकल, सुमो, ट्र्याक्टरलगायत सवारीसाधन हिलोमा फस्ने गरेको स्थानीय बुद्धिबोल राईले जानकारी दिनुभयो।

स्थानियको श्रमदान द्वारा सोलिङ
साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले नागरिकहरू स्वस्फूर्त रूपमा विकासमा सहभागी भए समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउनुभयो। उहाँका अनुसार साकेला श्रम अभियानअन्तर्गत सडक मर्मत, खानेपानी, सार्वजनिक संरचना तथा पर्यटकीय पूर्वाधार सुधारका कामलाई निरन्तरता दिइनेछ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop