श्रावण २, २०८३ शुक्रबार

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

 

खोटाङमा दुई छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– वडा नम्बर १३ नुनथलास्थित रहेको महुरेगढी बहुप्राविधिक शिक्षालयका  प्रिन्सिपल ईन्द्रप्रसाद आचार्य पक्राउ परेको हो ।

महुरेगढी बहुप्राविधिक शिक्षालयमा अध्यानरत छात्राहरूले आफूहरूलाई पटकपटक यौनजन्य हिंसा गर्दै आएको,मंगलबार पनि दुई जना छात्राहरूबाट आफूहरूमाथि यौनजन्य हिंसा गरेको भन्ने गुनासो आएपछि नेकपा एमाले र नेकपा माओवादी निकट भातृ संगठन अनेुास्ववियु क्रान्तिकारी र अनेसास्ववियु संगठनका विद्यार्थीहरूले  प्रिन्सिपल आचार्यलाई शिक्षालयमै गएर कालो मोसो दलेका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन संग्रामले कालो मोसो दलेपछि सोही स्थानमा बोलाएर आचार्यलाई प्रहरीको जिम्मा लगाइएको मदानी खबरलाई बताए ।

एमाले निकट भातृ संगठन अनेरास्ववियुका तर्फबाट अध्यक्ष मोहन संग्राम र माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) की जिल्ला सदस्य रमिला बाँस्तोलाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आचार्यलाई हदैसम्मको कारबाहीको माग गरेका छन ।

यता जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले  प्रिन्सिपल आचार्य पक्राउ परेको पुष्टि गर्दै उनलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा लगेर थप अनुसन्धान भइरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर