बैसाख १७, २०८३ बुधबार

दिक्तेलमा शिल्पी थिएटरको जनप्रतिनिधि लाई झस्काउने ‘अलिकति उज्यालो’

खोटाङ, ४ बैसाख । शिल्पी थिएटरले खोटाङको दिक्तेलबजारमा मुक्त रंगमञ्च ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको छ । खोटाङ रंगमञ्चको संयोजनमा शिल्पी थिएटरले आइतबार साँझ दिक्तेलबजार स्थित पुरानो बेसक्याम्पको हेलीप्याडमा सडक नाटक ‘अलिकति उज्यालो’ प्रदर्शन गरेको हो ।

विभिन्न जिल्लाका गाउँ तथा नगरमा पुग्नेगरी घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक प्रदर्शन सुरु गरेको हो । बैसाखदेखि मन्थलीबाट सुरु गरिएको नाट्य यात्रा ११ बैसाखसम्म सञ्चालन हुने शिल्पी थिएटरले जनाएको छ । ‘अलिकति उज्यालो’मा देशको राजनीतिक बेथिति, चुनौती र दुःखका बीचमा नागरिकबीच बाँकी रहेका आशा र जनताबाट निर्वाचित जनप्रतिनीधिहरुको केही स्वभाब हरुलाई समेत झल्काइएको छ ।

मुक्त रंगमञ्चमा स्थानीय सरकारले जनचाहना बिपरित भ्यू–टावर, पार्क जस्ता कंक्रिटका संरचना निर्माणमा जोड दिएको तर किसानलाई मल, बीउ र सिँचाई, नागरिकलाई स्तरीय स्वास्थ्य सेवा र शिक्षाको प्रवन्ध गर्नमा ध्यान नदिएको भन्दै व्यंग्या गरिएको छ ।राजनीतिक, सामाजिक र साँस्कृतिक बेथिति विरुद्ध अभियानको आवश्यकतालाई मध्यनजर गर्दै थिएटरले खुल्ला ठाउँमा सिर्जनात्मक र स्वतन्त्र रंगकर्म अभियान चलाएको जनाएको छ । ‘अलिकति उज्यालो’ नाटकलाई भोजपुर, धनकुटा, बसन्तपुर, च्याङथापु, इलाम, बिर्तामोड र मोरङमा प्रदर्शन गरिने छ ।

मुक्त रंगमञ्चमा पवित्रा खड्का, संगीता उराँव, मानहाङ लावती, ज्योती पोख्रेल, रविन परियार, गोबिन्द ओली, ज्याक बराल, हिमाल भुजेल, संजिव थुलुङ राई, सुशीला लुहार, अजय लामा, संजय शाहीको दमदार अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर