मंग्सिर १४, २०८० बिहिबार

जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई

खोटाङ, ५ बैसाख । जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष थिए ।

संघको उपाध्यक्षमा समीर राई, उद्धब राई र रोशेस श्रेष्ठ, महासचिवमा काजिमान राई र कोषाध्यक्षमा रोशन राई चयन भएका छन् । फुटबल संघको सदस्यमा कमल चाम्लिङ राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिबेसन फुटबल संघका प्रदेश उपाध्यक्ष प्रबिण सुवालले उद्घाटन गरेका थिए । कार्यक्रमको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुर्बबीक्रम राईको सभापतीत्वमा दीक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगर प्रमुख दिपनारायण रीजालको प्रमुख आथीत्यता र पुर्व जिल्ला खेलकुद समीतिका अध्यक्ष महेश राईको बीषेस आतिथ्यतामा सम्पन्न भएका थियो ।

 


खोटाङमा २०७३ सालमा जिल्ला फुटबल संघ स्थापना गरिएको थियो । फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् । जसमा खोटाङ भगवती स्पोर्टस क्लब ,सोल्मा स्पोर्टस क्लब , खाराम्बु स्पोर्टस क्लब , नेर्पा स्पोर्टस क्लब , नमुना स्र्पोटस् क्लब , खोटाङ फुटबल एकडेमी ,बाक्सीला फुटबल क्लब , बुईपा ११ स्पोर्टस क्लब , हलेसी तुवाचुङ फुटबल क्लब,नुनथला फुटबल क्लब रहेको छ ।
जिल्ला फुटबल संघको पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ एन्फाको स्थायी सदस्यता प्राप्त गरेको हो ।

२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले बताए । यसका साथै जिल्लामा फुटबल क्षेत्रमा राजनिति प्रवेश हुन नदिने र सुस्ताएको खेल क्षेत्रलाई चलाएमान गराउन एन्फा सँग समन्वय गरी सबै खेलाडिहरुको लागी तालिम सन्चालन गर्ने लगाएतका उद्धेश्य रहको अध्यक्ष राईले धारणा ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर