बैसाख ६, २०८३ शनिबार

जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई

खोटाङ, ५ बैसाख । जिल्ला फुटबल संघ खोटाङको अध्यक्षमा ध्रुबबिक्रम राई चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यता प्राप्त फुटबल संघको सोमबार सम्पन्न प्रथम अधिबेसनबाट राई पुःन अध्यक्षमा सर्वसम्मत दोहोरिएका हुन् । राई यसअघि जिल्ला फुटबल संघको तदर्थ समिति अध्यक्ष थिए ।

संघको उपाध्यक्षमा समीर राई, उद्धब राई र रोशेस श्रेष्ठ, महासचिवमा काजिमान राई र कोषाध्यक्षमा रोशन राई चयन भएका छन् । फुटबल संघको सदस्यमा कमल चाम्लिङ राई, भानु राई, बिनोद तिरुवा, सुमन पुमा र सनम राई चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिबेसन फुटबल संघका प्रदेश उपाध्यक्ष प्रबिण सुवालले उद्घाटन गरेका थिए । कार्यक्रमको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुर्बबीक्रम राईको सभापतीत्वमा दीक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगर प्रमुख दिपनारायण रीजालको प्रमुख आथीत्यता र पुर्व जिल्ला खेलकुद समीतिका अध्यक्ष महेश राईको बीषेस आतिथ्यतामा सम्पन्न भएका थियो ।

 


खोटाङमा २०७३ सालमा जिल्ला फुटबल संघ स्थापना गरिएको थियो । फुटबल संघमा जिल्लाका १० वटा फुटबल क्लव आवद्ध छन् । जसमा खोटाङ भगवती स्पोर्टस क्लब ,सोल्मा स्पोर्टस क्लब , खाराम्बु स्पोर्टस क्लब , नेर्पा स्पोर्टस क्लब , नमुना स्र्पोटस् क्लब , खोटाङ फुटबल एकडेमी ,बाक्सीला फुटबल क्लब , बुईपा ११ स्पोर्टस क्लब , हलेसी तुवाचुङ फुटबल क्लब,नुनथला फुटबल क्लब रहेको छ ।
जिल्ला फुटबल संघको पहलमा खोटाङले अखिल नेपाल फुटबल संघ एन्फाको स्थायी सदस्यता प्राप्त गरेको हो ।

२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको फुटबल संघका नवनिर्वाचित अध्यक्ष राईले बताए । यसका साथै जिल्लामा फुटबल क्षेत्रमा राजनिति प्रवेश हुन नदिने र सुस्ताएको खेल क्षेत्रलाई चलाएमान गराउन एन्फा सँग समन्वय गरी सबै खेलाडिहरुको लागी तालिम सन्चालन गर्ने लगाएतका उद्धेश्य रहको अध्यक्ष राईले धारणा ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर