चैत्र २८, २०८२ शुक्रबार

आर्मी र गण्डकी सेमिफाइनलमा

काठमाडौँ, माघ ६ गते । नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा साविक विजेता आर्मीले प्रदेश १ लाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

आर्मीको जितमा कमला चन्दले चार, निलिमा पाण्डेले दुई र सीतामाया बलले एक गोल गर्नुभयो । आर्मीकी अन्जना चन्द ‘वुमन अफ दि म्याच’ घोषित हुनुभयो । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । गण्डकीको जितमा कमलादेवी घर्ती पुन र नानु गुरुङले गोल गर्नुभयो । गण्डकीकी सविना पुन राना ‘वुमन अफ दि म्याच’ हुनुभयो ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने हक्की प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर