मंग्सिर २१, २०८० बिहिबार

आर्मी र गण्डकी सेमिफाइनलमा

काठमाडौँ, माघ ६ गते । नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा साविक विजेता आर्मीले प्रदेश १ लाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

आर्मीको जितमा कमला चन्दले चार, निलिमा पाण्डेले दुई र सीतामाया बलले एक गोल गर्नुभयो । आर्मीकी अन्जना चन्द ‘वुमन अफ दि म्याच’ घोषित हुनुभयो । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । गण्डकीको जितमा कमलादेवी घर्ती पुन र नानु गुरुङले गोल गर्नुभयो । गण्डकीकी सविना पुन राना ‘वुमन अफ दि म्याच’ हुनुभयो ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुनेछ । अर्को सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने हक्की प्रशिक्षक रञ्जन थापाले जानकारी दिनुभयो । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर