भाद्र २८, २०८३ शनिबार

निर्वाचनमा जिते पनि हारे पनि मेरा प्रतिवद्धताहरू पूरा गर्नेछु : दुर्गा राई

हलेसी ऐसेलुखर्क । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालले हलेसी तुवाचुङ नगरपालिका वडा नं। ७ महादेवस्थानको वडा सदस्यमा दुर्गा राईलाई अघि सारेको छ ।

‘संघीयता, सुशासन, समृद्धि र समाजवाद १ समुन्नत संघीय समाजवाद जिन्दावाद ११’ भन्ने मूल नाराका साथ जसपाले राईलाई वडा सदस्यमा अघि सारेको हो । सामाजिक सेवामा निरन्तर लाग्दै आएका राई स्वच्छ छविका युवा हुन् । पेशाले कृषक उनले समाजका युवा पिँढीलाई आधुनिक कृषि पेशामा आबद्ध हुन प्रेरित गर्दै आएका छन् । उनी भन्छन्– ‘सामाजिक सेवा सँगसँगै आफ्नो गाउँ समृद्ध बनाउने उद्देश्यले युवाहरूको प्रतिनिधित्व गर्दै राजनीतिमा लागेको हुँ । समाजलाई आर्थिक, सामाजिक, साँस्कृतिक हिसाबले समृद्ध बनाउँने सपना बोकेर वडा सदस्यमा उम्मेदवारी दिएको छु ।’

जनता समाजवादी पार्टीबाट वडामा एकल उम्मेदवारी दिएका राईले आफ्नो पाँच बुँदे सङ्कल्प ल्याएका छन् । जस अन्तर्गत सामुदायिक तथा निजी विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यवहारिक शिक्षामा जोड दिने, कृषि तथा पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्ने, कृषि उत्पादन पकेट क्षेत्र तथा अगुवा कृषकका लागि प्रोत्साहन कार्यक्रमको थालनी गर्ने, वडा स्वास्थ्य चौकी स्तरोन्नति गर्ने र एकल महिला तथा आमा दिदीवहिनीहरूका लागि आमा समूहमार्फत सीप विकास तथा आर्थिक जीवनस्तर सुधार गर्न नीतिगत व्यवस्थामा पहल गर्ने लगायतका सङ्कल्पहरू रहेका छन् ।

हलेसीवासीहरूलाई मत माग्दै राई भन्छन्–‘वैशाख ३० गते मतदान केन्द्रमा गई मतपत्रको ६ नम्बरमा रहेको सिङ्गल छाता चिह्नमा मत दिनुहोस् । निर्वाचनमा जिते पनि हारे पनि मेरा प्रतिवद्धताहरू पूरा गर्नेछु र अहोरात्र खटेर यहाँहरूको सेवा गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर