पुष २२, २०८२ सोमबार

नवराज बिक हत्या काण्डः जलाइए मुलुकी ऐन र जंगबहादुर राणा फोटो

खोटाङ, जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा मुलुकी ऐन र जंगबहादुर राणाको तस्बीर जलाइएको छ ।

आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संयुक्त संघर्ष समितिले मंगलबार दिक्तेलको त्रिबेणीचोकमा मुलुकी ऐन १९१० र मुलुकी ऐन लागू गर्ने जंगबहादुर राणाको तस्बीर जलाएको हो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराजसहित ६ जनाको १० जेठ २०७७ मा हत्या भएको थियो । उक्त दिन पारेर जात व्यवस्था बिरुद्धको विरुद्धको प्रतिरोध दिवसका रुपमा मुलुकी ऐन र राणाको तस्बीर जलाइएको संघर्ष समितिका संयोजक दिपक ठटालले बताए ।

जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संयोजक ठटालले बताए ।
संघर्ष समितिले यसअघि जिल्लाका १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, घरेलु हतियार प्रदर्शन गर्ने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

सम्बन्धित खबर