भाद्र ३०, २०८३ सोमबार

प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण

पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण

पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण

प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण गरेको छ । दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्ष्यित गर्दै प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवशरमा शुक्रबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो ।

प्रेस युनियनले नेत्र ज्योति संघ दिक्तेल र आँखा उपचार केन्द्रसँगको सहकार्यमा पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको हो ।

आँखा उपचार केन्द्रमा आयोजना गरिएको शिबिरमा २४ जना पत्रकारले आँखा जाँच गराएका छन् । त्यसमध्ये १३ पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका अध्यक्ष उत्तम चौंलागाईले बताए ।

यस्तै ४ पत्रकारलाई आँखामा लगाउने औषधि वितरण गरिएको छ । निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले उद्घाटन गरेका थिए ।

पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण

‘हामी पत्रकारहरु चौबिसै घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेख्न व्यास्त रहन्छौँ जसका कारण आँखामा विभिन्न समस्या निम्तिरहेको छ,’ चौंलागाईले भने, ‘हाम्रो आँखाको स्थिति वारे बुझ्ने र आवश्यक सुरक्षाको प्रवन्धका लागि आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेका हौँ ।’

जिल्लामा सवारी चालक, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिकलाई लक्ष्यित गर्दै आँखा जाँच कार्यक्रम अघि बढाउने तयारी भइरहेको नेत्र ज्योति संघका सभापति ईन्द्र कसजुले बताए ।

कसजुका अनुसार जिल्लामा १ हजार ५४२ जना दृष्टि विहिन, २ हजार ६२२ मोतिविन्दुको समस्या भइ अप्रेशन गर्नुपर्ने र ५ हजार ३८१ जनाले तत्काल चस्मा लगाउनुपर्ने देखिएको छ । यस्तै, २७ हजारलाई चश्माका लागि रेफर गरिएको नेत्र ज्योती संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर