पुष २८, २०८२ आइतबार

हिमालय आधारभुत विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको पुरस्कार र सहयोग

हिमालय आधारभुत विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग
खोटाङ, १४ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सर्वजित मेमोरियल ट्रष्टले विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कार्यक्रम गर्दै ट्रष्टले स्थानीय हिमालय आधारभुत विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
सर्वजित मेमोरियल ट्रष्टले प्रदान गर्ने बेष्ट सर्वजित टिचर अफ द इयर २०७८ को पुरस्कार शिक्षिका अञ्जना थुलुङले पाएकी छन् । ट्रष्टले विद्यालयका शिक्षकमध्येबाट एक जना उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने ५ हजार राशीको पुरस्कार थुलुङलाई प्रदान गरेको हो । यस्तै, बेष्ट सर्वजित सपोर्टिङ टिचर अन्तरगतको सहयोग शिक्षक बशन्त राईलाई प्रदान गरिएको छ । हाल निजी श्रोतबाट मासिक १० हजारमा काम गरिरहेका शिक्षक राईलाई ट्रष्टले गत बैसाखदेखि लागुहुनेगरी मासिक पाँच हजार थप गरिदिएको हो । शिक्षक राईको तलव १५ हजार नपुगेसम्म मासिक पाँच हजार उपलव्ध गराइने सर्वजित मेमोरियल ट्रष्टका अध्यक्ष सिताराम राईले बताए ।
ट्रष्टले मासिक ७ हजारमा काम गरिरहेका विद्यालयका सहायक कर्मचारी हिरादेबी श्रेष्ठलाई गत बैसाखदेखि लागुहुनेगरी मासिक ३ हजार थप गरिदिएको छ । यस्तै, कक्षा १ देखि कक्षा १० सम्मका प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने छात्र÷छात्रालाई नगद पुरस्कार प्रदान गरेको ट्रष्टले जनाएको छ । ट्रष्टले विद्यालयको नयाँ भवनको चेनगेट र पुरानो भवनको तल्लो तलाको १० वटा झ्यालमा ग्रिल हालेर हस्तान्तरण गरेको विद्यालयका प्रअ मित्रकुमार दाहालले बताए ।
ट्रष्टले विद्यालयलाई १९ थान प्लाष्टिकको कुर्सी, ४ थान ह्वाइटबोर्ड, पुस्तक, साइन्स ल्यावको सामग्री, खेल सामग्री हस्तान्तरण गरेको छ । नौ छात्र÷छात्रालाई पोशाक तथा झोला पनि प्रदान गरेको ट्रष्टले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सप्तमणी राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष ध्रुवबिक्रम राई, निवर्तमान वडाध्यक्ष हर्क खत्री, सर्वजित मेमोरियल ट्रष्टका सदस्य, नेतृ अनिता राई, नेता जीवन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
क्याप्सनः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर