माघ ३, २०८२ बिहिबार

दाहालको मृत्यु शंकास्पद भएको भन्दै विरोध प्रदर्शन

जिल्ला अस्पताल चोकबाट निक्लीएको जुलुस

जिल्ला अस्पताल चोकबाट निक्लीएको जुलुस

खोटाङका पुर्वपत्रकार मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानविनको माग गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध जुलुस प्रदर्शन गरेका छन् । दाहालको मृत्युका विषयमा छानविन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् । मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाईल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन् ।

जिल्ला प्रशासन कार्यालय घेराउ

जिल्ला प्रशासन कार्यालय घेराउ

शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका हुन् ।
दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाईल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । मृतक परिवारले सोही मोबाईल पनि सार्वजनिक गर्न माग गरेका हुन् ।
दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र ¥याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयमा मृतक पक्ष र प्र्रशासनबीच लामो समय सम्म छलफल पश्चात यथासीघ्र सत्य तथ्य पत्ता लाउन ईनीस्पेक्टरको नेतृत्वमा ६ सदस्यीय छानमीन समीती गठन भएको छ । समय अभावका कारण मृतक दाहालको सब जिल्ला अस्पतालको पोस्माटम घर मै राखीएको छ । दाहालको सब भोली परीवारले बुझेर हीन्दु धर्म अनुसार अन्त्यस्टी गरीने परीवार श्रोतले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर