भाद्र ३०, २०८३ सोमबार

माओवादी केन्द्रका नेता टंक राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेरी दर्ता

दलहरू विज्ञप्तिबाजीमा जिल्लामा उपचार नहुने भएपछी बिरामीको रेफर

दलहरू विज्ञप्तिबाजीमा जिल्लामा उपचार नहुने भएपछी बिरामीको रेफर

चुनावी प्रतिशोध लाई लिएर मरणाशन्न हुने गरी कुटपिट गरेको आरोपमा नेकपा माओवादी (केन्द्र)केन्द्रीय अनुशासन आयोग अध्यक्ष टंक राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगको किटानी जाहेरी दर्ता भएको छ ।
जेठ ११ गते राति खोटाङको जालपा स्थित वाक्सिला दुमि होटलमा एमाले वडा कमिटी सदस्य पूर्णबहादुर राईलाइ माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष समेत रहनुभएका टंक राईको टोलीले कुटपिट गरि गम्भीर घाईते बनाएकोमा ज्यान मार्ने उद्योगको किटानी जाहेरी दर्ता भएको हो ।घाइतेका आफन्त डीवी राईले उहाँहरुविरुद्ध मुद्धा किटानी जाहेरी दिनुभएको छ ।

कुटपिटमा संलग्न टंक राई, अम्बिका राई, धनिराम राई, पदम बिक र विबेक राई लगायत ६ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले मदानी खबरलाई जानकारी दिनु भयो । उहाँले किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न कानूनी प्रक्रिया सुरु गरेको बताउनुभयो ।

यसअघि नेकपा एमाले खोटाङले चुनावको प्रतिशोधलाई लिएर आफ्ना कार्यकर्ता माथि माओवादी नेताकै संलग्नतामा निर्घात कुटपिट भएको भन्दै तत्काल कानूनी कारबाहीको माग गरेको थियो । घाईते राईको उपचार जिल्ला अस्पताल दिक्तेलमा हुन नसकेर काठमाडौं ल्याइएको छ । घाइतेको काठमाडौं स्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर