कार्तिक ३, २०८२ शनिबार

प्रेमिल जोडीको कथामा आधारित ‘सोमबारे हाटैमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको ‘सोमबारे हाटैमा’ गीत सार्वजनिक भएको छ ।

पूर्वेली लोक भाकाको गीत ‘सोमबारे हाटैमा’मा गायिका सुनिता थेगिम र गायक रत्न राईले स्वर भरेका छन् । राईको गीत टाइमलाइन टिभीमार्फत दर्शकमाझ सार्वजनिक गरिएको हो । गीतमा प्रेमजोडीको प्रेमालापबारे गीतकार चाम्लिङले शब्दमार्फत उतारेका छन् । प्रेमी प्रेमीकाको गहिरो मायाप्रेमलाई गीतकारले फूल उनेर माला बनाइदिएका छन् ।

गीतमा पहिलो भेट खोटाङको तुवाचुङ डाँडामा साकेला नाच्दा जाँदा भेट भएको बेलीविस्तार गीतमार्फत लगाउँछ । त्यसपछि सन्जोगले दोस्रो भेट फेरि रम्भुवा मेलैमा भटेको कुरा बताएका छन् । स्टुडियो किङमा रेकर्ड गरिएको गीतमा संगीत रत्न राई स्वयंले भरेका छन् भने एरेन्ज कृष्णभक्त राईले गरेका छन् । यस्तै, गीतको कोरस मनिषा राई र दिपा तामाङले निर्वाह गरेका छन् भने गीतको रेकङ सुरेश राईले गरेका छन् । गीतको मिक्सिङ÷मास्टरिङ राजु कार्कीको रहेको छ ।
सरल भाषामा प्रेमजोडीको प्रेमसँगै गाउँले जीवनबारे पनि गीतकारले शब्दमार्फत बयान गरेका छन् । गाउँको मेलपात, हलेसी बजार, कानैमा ढुङ्ग्री नाकैमा फुली, खाँडीको थान, कपासको धागो, घुर्यानको बारी, गाईगोठलगायत दृश्यहरुलाई गीतकार चाम्लिङले गीतमार्फत सजिलो ढंगले वर्णन गरेका छन् ।

राईले यस अघिपनि बगैचाको कुन डालिमा, बनकी चरी, मलाई जल्न देऊ, दुवाली छेकेर, नेपालकी छोरी लगायतका चर्चित गीतहरू बजारमा ल्याइसकेका छन् ।

हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=EKZ8e87J58w

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर