श्रावण १, २०८२ मंगलबार

टोलमै करोडौँका योजना माग्छन् उपभोक्ता

बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेल शनिबार दिनभर सर्वसाधारणका विकासे योजना सङ्कलनमा व्यस्त रहेका छन् ।

आगामी असारमा आउने बागलुङ नगरको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि टोल भेला गरेर सर्वसाधारणका धारणा बुझिरहेका छन् । विकासे कार्यक्रमका विषयमा पनि टिप्पणी उतारेका छन् ।

साविक पैँञ्युपाटा गाविसको वडा नं १ पुगेका पौडेलले सर्वसाधारणबाट एक करोडका योजना पाएका छन् । सडकदेखि विद्यालय भवन र खानेपानीका योजनासम्म सर्वसाधारणले उनलाई टिपाए । वडाका अन्य टोलमा पनि करोडौँका योजना माग भएर आउने गरेका छन् ।

वडामा आउने बजेटले स्थानीयबाट आएका १० प्रतिशत योजनासमेत सम्बोधन गर्न कठिन हुने गरेको पौडेलले बताए ।

पौडेलमात्रै होइन बागलुङका अधिकांश वडामा निर्वाचित वडाध्यक्षको पहिलो काम नै टोल भेला र योजना सङ्कलन भएको छ । सबै वडाका सर्वसाधारणको माग र आवश्यकता एकै खालका छन् ।

यसपटकको निर्वाचनमा दोहोरिएका वडाध्यक्षका लागि त यो प्रक्रिया निकै पुरानो भइसकेको छ । तर नवनिर्वाचित वडाध्यक्षका लागि भने जनताका चाहना र योजना निकै चुनौतीपूर्ण रहेको महसुस हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर