बैसाख १७, २०८३ बुधबार

अभिनेत्री मिरूना मगर मुगुका फुर्पा तामाङ एक आपसमा माफी माग्दै मीलापत्र

एक आपसमा माफी माग्दै मीलापत्र

कबड्डी(४ की अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा दुई पक्षबीच मिलापत्र भएको छ।

मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो।

छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए
त्यस्तै अभिनेत्री मगरले पनि उनलाई भाइ सम्झेर माफी दिएको सार्वजनिक भएको पत्रमा उल्लेख छ।

आइतबार कबड्डी(४ फिल्म प्रमोशनको लागि मिरूना मगर लगायतको टोली सिभिल मल पुगेका थिए। त्यही बेला फ्यानहरूसँग फोटो खिचाउने क्रममा फुर्पाले अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

‘अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन्,’ मिलापत्रमा उल्लेख छ।

एक आपसमा माफी माग्दै मीलापत्र

एक आपसमा माफी माग्दै मीलापत्र

यस्तै अभिनेत्री मगरले पनि कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको प्रष्ट्याएकी छन्।

उनले कुनै समुदायमाथि असर पुगेको भन्दै माफी समेत मागेकी छन्।

‘उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन्,’ पत्रमा लेखिएको छ।

आइतबार पक्राउ परेका तामाङ मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि धरौटीमा रिहा भएका थिए। तामाङ ३ हजार धरौटी तिरेर रिहा भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर