मंग्सिर १४, २०८० बिहिबार

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँसभामार्फत ६० करोड बढीको बजेट

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७९र०८० का लागि ६० करोड बढीको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहिबार सम्पन्न गाउँसभामार्फत गाउँपालिकाले ६० करोड ६९ लाख ३९ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले कुल बजेटमध्ये संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदानतर्फ ३७ करोड ९५ लाख ८५ हजार बिनियोजन गरेको छ ।
सशर्त अनुदान, समपुरक अनुदान र बिशेष अनुदानका लागि छुट्याएपछि बाँकी रहेको २२ करोड ७३ लाख ५४ हजारमध्ये पुँजीगततर्फ १५ करोड ४९ लाख ४ हजार र चालु खर्चतर्फ ७ करोड २४ लाख ५० हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
पुँजीगत बजेटमध्येबाट सडक पुर्वाधारमा ४ करोड ३६ लाख ३८ हजार, शिक्षामा ३ करोड ३८ लाख ७१ हजार, कृषिमा १ करोड २२ लाख ४५ हजार, लक्षित समूहका लागि १ करोड ३ लाख ६१ हजार, स्वास्थ्य तर्फ ९६ लाख, संस्थागत विकासको लागि १ करोड १ लाख ५० हजार, खानेपानी तर्फ ६२ लाख ६० हजार बिनियोजन गरिएको छ ।

यस्तै, सिचाँइमा ५५ लाख १० हजार, भवन तथा शहरी विकासतर्फ ३७ लाख, विपद व्यवस्थापन कोषको लागि ३६ लाख, पर्यटन पुर्वाधार विकासका लागि ३१ लाख ७० हजार र विविध शिर्षकमा १ करोड २७ लाख ९८ हजार विनियोजन गरिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका लागि ६० लाख ५७ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका लागि ६१ लाख ३८ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका लागि ५१ लाख ३१ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका लागि ७७ लाख ४८ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका लागि ५६ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका लागि ५५ लाख २५ हजार र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मका लागि ७८ लाख २५ हजार बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर