जेठ १०, २०८२ बिहिबार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेश

 खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८६ करोडको बजेट तथा कार्यक्रम पेश गरेको छ ।

शुक्रबार सम्पन्न आठौं नगरसभामार्फत नगरपालिकाले कुल ८६ करोड ३ लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेश गरेको हो ।

उपमेयर बिसन राईले शुक्रबार प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ २४ करोड ६४ लाख ४१ हजार बजेट प्रस्तुत गरिएको छ ।

संघीय सशर्त अन्तरगत चालुतर्फ ४१ करोड ६१ लाख र पुँजीगततर्फ ४ करोड ९७ लाख, संघीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि १ करोड ८५ लाख विनियोजन गरिएको छ ।

यस्तै, संघीय समपुरकबाट सञ्चालित योजनाका लागि ४० लाख, प्रदेश समपुरकबाट सञ्चालित आयोजनाका लागि १ करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ ३३ लाख २३ हजार र पुँजीगततर्फ ६६ लाख ९३ हजार विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । संघीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधिन र निर्माण हुने योजनाका लागि १ करोड ४४ लाख ८६ हजार विनियोजन गरिएको छ ।

यस्तै, नगरको प्रशासनिक खर्चतर्फ १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च ३ करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि ४ करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ १ करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि ३ करोड ८ लाख विनियोजन गरिएको छ ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ ६ लाख र चालुमा १ लाख थप बजेट पठाइएको उपमेयर राईले जानकारी दिए । कार्यक्रममा मेयर तिर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर