असार ७, २०८२ शुक्रबार

केपिलासगढी गाउँपालिकाले ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट

     खोटाङको केपिलासगढी गाउँपालिकाले ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९र०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले आर्थिक बिकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पूर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार बिनियोजन गरेको छ ।

गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर