मंग्सिर १४, २०८० बिहिबार

खोटाङ रावाबेँसी गाउँपालिकाको ३८ करोड ३९ लाखको बजेट

गाउँपालिकामा विभिन्न विषयगत शाखाका लागि प्राप्त संघीय सशर्त अनुदान चालु कार्यक्रमतर्फ १५ करोड २७ लाख र संघीय सशर्त अनुदान पुँजीगततर्फ २ करोड ३७ लाख विनियोजन गरिएको छ।

यस्तै, प्रदेश सरकार सशर्त अनुदानतर्फ ६९ लाख २४ हजार, गाउँपालिका तथा संघीय सरकारसँगको समपुरक अनुदानबाट नुनथला–कुभिन्डे सडक स्तरोन्नतीका लागि १ करोड ५० लाख, सोही सडकका लागि प्रदेश सरकारसँगको समपुरक अनुदानबाट ७८ लाख र प्रदेश सरकारकै समपुरक अनुदानबाट बिजुले–चिउरीबासदेखि भञ्ज्याङ जुकेखोला सडक स्तरोन्नतीका लागि ५२ लाख विनियोजन गरिएको प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ। यस्तै, संघीय सरकार विशेष अनुदानबाट बिश्वज्योती माबि लामीडाँडाको होस्टेल निर्माणका लागि १ करोड ७० लाख, संघीय सरकार, प्रदेश सरकार र अन्य विभिन्न विकास साझेदार संस्थासँगको साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।

वडागत पुँजीगत योजनाका लागि १ करोड ५० लाख, संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर बाँडफाँड र आन्तरिक राजस्वबाट बेहोर्नेगरी चालु तथा चालु प्रकृतिका खर्चतर्फ ७ करोड ५३ लाख ४३ हजार, उक्त रकममध्ये चालु खर्चमा पदाधिकारी सेवा सुविधा, कर्मचारी तलव भत्ता लगायत कार्यालयको प्रशासनिक खर्च र सबै वडाको चालु खर्चका लागि ६ करोड ५३ लाख ४३ हजार र चालु प्रकृतिका विभिन्न कार्यक्रमका लागि १ करोड खर्च हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

रावाबेँसी गाउँपालिकाले ४५ वर्षमाथिका बिधुर पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने, कृषि क्षेत्रमा एक घर एक करेसाबारीको अवधारणा अघि सार्ने, पूर्णअपांग, अतिअशक्त, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र प्रसुती हुन लागेका गर्भवतीलाई निःशुल्क एम्वुलेन्स सेवा उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर