भाद्र २९, २०८३ आइतबार

खोटाङको हलेसी मन्दिरमा दर्शनार्थी गणना मेशिन जडान

हिन्दु किरात र बाैद्व धर्मलाम्बीहरुरुको आस्थाको केन्द्रले परिचित त्री धार्मिक स्थल रहेको , खोटाङको हलेसी मन्दिरमा दर्शनार्थी गणना मेशिन जडान गरिएको छ।                                    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित हलेसी मन्दिर दर्शन गर्न आएका भक्तालु तथा दर्शनार्थीहरुको दैनिक संख्या राख्नलाई गणना मेशिन जडान गरिएको हो।                                                                     

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माछापुछ्रे बैंकले मन्दिरको मुल गेटभन्दा करीव ५ मिटर अगाडी निःशुल्क जडान गरिदिएको मेशिनको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गर्नु भएको छ । मेशिन जडान भएसँगै मन्दिर प्रवेशका लागि भक्तालु तथा दर्शनार्थीलाई मेशिन हुंदै भित्र जाने र मन्दिरको मुल गेट अघिबाट फर्कने व्यवस्था मिलाईएको छ।
जडान भएको मेशिनले हलेसी मन्दिर दर्शनमा कती भक्तालु तथा दर्शनार्थी प्रवेश गरे भन्ने देखाउने भएकाले अब यति भक्तालु तथा दर्शनार्थीले मन्दिर दर्शन गरे भनेर पूर्वानुमान गर्नुपर्ने दिनको अन्त्य भएको मयेर राईले बताउनु भयो । मेयर राईका अनुसार हलेसी मन्दिरमा कस्तो र कहाँको दर्शनार्थी आए भनेर बुझ्नका लागि नगरपालिकाले मन्दिर परीषरमा सीसी क्यामेरा जडान गरेको छ।


उद्घाटन कार्यक्रममा मेयर राई, उपमेयर रमेशकुमार राउत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला, महादेवस्थानका वडाध्यक्ष कमल गिरी, बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई, मंगलटारका वडाध्यक्ष गण राई, हलेसी मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्कराज राई, नगर कार्यपालिका सदस्य राकेश परियार, होटल व्यवसायी संघका प्रतिनिधि प्रकाश चन्द्र गिरी, मारतीका छिमे ताक्तेन छोलिङ गुम्बाका प्रतिनिधि डोमा शेर्पा, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षत्र सुनिक ध्वाजु र हलेसी महादेव विकास समितिका प्रतिनिधि सर्वधन बस्नेतको उपस्थिति थियो।                                                                           
हलेसी मन्दिर दर्शनका लागि नेपालबाहेक भारत, भुटान, चिन, सिंगापुर, जापान, रुस, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, डेनमार्क, पोर्चुगल, रसिया लगायतका मुलुकबाट भक्तजनहरु आउने गरेका छन्।यसैविच, दर्शनार्थी गणना मेशिन उदघाटनका क्रममा हलेसी आएका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोईरालालाई मेयर राईले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर