असार २९, २०८२ शनिबार

राजेश हमाल प्रचण्ड निवासमा किन पुगे

  • अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
    शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो ।
    भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले रातोपाटीले बताएका छन् । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।                     
    भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए ।
    राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ? भन्ने प्रश्नमा चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए ।                                                                                                                              यसबारे चेतनले भने, ‘म पाँच मिनेट जति मात्रै प्रचण्ड र राजेश हमालसँग भित्र बसेको थिएँ । त्यसपछि बाहिर गएँ । १५–२० मिनेट उहाँहरुले छुट्टै वार्ता गर्नुभएको थियो । त्यसैले मलाई यस विषयमा केही पनि थाहा भएन ।’ (साभार रातो पाटी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर