भाद्र ३१, २०८३ मंगलबार

रवि लामिछानेको स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी र दर्ता नबर १८७ भएको जानकारी दिएका छन ।
पार्टीको नाममा स्वतन्त्र नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम स्वीकारेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेका थिए।

यसअघि आयोगमा दर्ता भएका कुनै पनि दलको नामसँग लामिछानेको पार्टीको नाम नमिलेकाले आयोगले उक्त नाम स्वीकारेको आयोगका उपन्यायाधीवक्ता गुरू वाग्लेले जानकारी दिए।

चुनाव चिन्ह घन्टी भएको पार्टी यसअघि आयोगमा दर्ता भए पनि अहिले उक्त पार्टी अर्कैसँग मर्ज भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गोलाकारभित्रको घन्टी चुनाव चिन्ह दिइएको वाग्लेले बताए।

टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।  (साभार सेतो पाटि)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर