भाद्र ३०, २०८३ सोमबार

केपि ओलिको २ लाख भेटी किरात लुङ्खिम लाई

भेटी भापतको रकम हस्तान्तरण गरिदै

खोटाङ, २१ असार । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसीस्थित किरात हलेसी लुंखिम समितिलाई आर्थिक सहयोग गरेका छन् । गत १९ चैतमा हलेसी मन्दीर र मारातिका गुम्बामा २/२ लाख भेटी चढाएका ओलीले पुःन किरात धर्मावलम्बीलाई लक्ष्यित गर्दै २ लाख पठाएका हुन् । ओलीले पठाएको भेटीवापतको रकमको चेक मंगलबार एमाले प्रदेश कमिटि सदस्य भूपेन्द्रकुमार राईले किरात हलेसी लुंखिम समितिका अध्यक्ष गजुरमान राईलाई हस्तान्तरण गरेका छन् । प्राप्त भएको भेटीमध्ये १ लाख ५० हजार किरात हलेसी लुंखिम समितिलाई र ५० हजार किरात राई यायोक्खा हलेसीलाई प्रदान गरिएको छ ।
गत १९ चैतमा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको चुनावी जनसभालाई सम्बोधन गर्नुअघि हेलीकोप्टरबाट हलेसी ओर्लिएका ओलीले हलेसी मन्दिर र मारातिका गुम्बामा भेटी पठाउने घोषणा गरेका थिए । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीमा दुई धर्मलाई मात्र भेटी चढाएको भन्दै आलोचना भएपछि ओलीले किरात धर्मावलम्बीको सम्बोधन हुनेगरी भेटीवापतको रकम पठाएको हुन् ।
महादेवस्थानका वडाध्यक्ष कमल गिरी, हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, मुन्दुम अध्येता भोगीराज चाम्लिङ लगायतको उपस्थितिमा भेटीवापतको रकम हस्तान्तरण गरिएको हो । कार्यक्रम एमाले नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर