पुष २५, २०८२ बिहिबार

अर्थमन्त्री शर्माको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश दियो , प्रचण्ड

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्याग प्रदर्शन गरेको बताएका छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश आम नेपाली राजनिती र जनतामा गएको बताएका हुन्।
‘अर्थमन्त्री शर्माले आफूले केही गरेको छैन भन्नुभएको छ, उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ।अर्थमन्त्री शर्माबारे संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको प्रचण्डले भने।
‘उहाँले राजीनामा नगरेको भए विषयलाई भ्रमित पार्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो। त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ। यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्ने ,शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि प्रचण्डले दाबी गरे ।
आर्थिक वर्ष २०७९/०८०को बजेट बनाउँदा अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सम्बन्धित खबर