जेठ १०, २०८२ बिहिबार

जयरामघाटमा अस्थायी प्रहरी पोष्टको स्थापना

खोटाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थीत जयरामघाटमा अस्थायी प्रहरी पोष्टको स्थापना गरीएको हो ।   
जिल्ला सुरक्षा समितिले जयरामघाटमा प्रहरी पोष्टको आवश्यकता देखेसँगै स्थापनाका लागि गृह मन्त्रालयमा अनुमती माग गरेर पोष्टको स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रोमन अर्यालले बताउनुभयो ।
अस्थायी प्रहरी पोष्टको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र सहायक प्रमुख जिल्ला अधिकारी पबित्र प्रकाश शाहले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
जयरामघाटमा तत्कालका लागि जग्गा नभएपछि भाडामा पोष्ट स्थापना गरीएको छ । खोटाङको प्रमुख नाका जयरामघाट भएकोले स्थानीयबासीहरुले लामो समयदेखी प्रहरी चौकी स्थापना हुनुपर्ने माग गर्दै आएका थिए ।
अस्थाई प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत, जिल्ला प्रहरी कार्यालाय खोटाङका प्रमुख उमेश लम्साल, मुडे व्यारेकका सेनानी पुकार बस्नेत, सशस्त्र प्रहरी हलेसी गुल्मका प्रमुख सरोज कार्की, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रवि किरण आचार्य, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख सुनिल धाजु, हलेसी तुवाचुङ नगरपालिका १ का वडाध्यक्ष रुद्र कुमार राई, वडा नं. ४ का वडाध्यक्ष किशोर कुमार वस्नेत लगाएत स्थानीयबासीहरुको सहभागीता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर