भाद्र ३१, २०८३ मंगलबार

जयरामघाटमा अस्थायी प्रहरी पोष्टको स्थापना

खोटाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थीत जयरामघाटमा अस्थायी प्रहरी पोष्टको स्थापना गरीएको हो ।   
जिल्ला सुरक्षा समितिले जयरामघाटमा प्रहरी पोष्टको आवश्यकता देखेसँगै स्थापनाका लागि गृह मन्त्रालयमा अनुमती माग गरेर पोष्टको स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी रोमन अर्यालले बताउनुभयो ।
अस्थायी प्रहरी पोष्टको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र सहायक प्रमुख जिल्ला अधिकारी पबित्र प्रकाश शाहले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
जयरामघाटमा तत्कालका लागि जग्गा नभएपछि भाडामा पोष्ट स्थापना गरीएको छ । खोटाङको प्रमुख नाका जयरामघाट भएकोले स्थानीयबासीहरुले लामो समयदेखी प्रहरी चौकी स्थापना हुनुपर्ने माग गर्दै आएका थिए ।
अस्थाई प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत, जिल्ला प्रहरी कार्यालाय खोटाङका प्रमुख उमेश लम्साल, मुडे व्यारेकका सेनानी पुकार बस्नेत, सशस्त्र प्रहरी हलेसी गुल्मका प्रमुख सरोज कार्की, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रवि किरण आचार्य, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख सुनिल धाजु, हलेसी तुवाचुङ नगरपालिका १ का वडाध्यक्ष रुद्र कुमार राई, वडा नं. ४ का वडाध्यक्ष किशोर कुमार वस्नेत लगाएत स्थानीयबासीहरुको सहभागीता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर