भाद्र २६, २०८३ बिहिबार

खोटाङमा १३ औं सितोरियो कराते प्रतियोगीता

खोटाङमा १३ औं सितोरियो कराते प्रतियोगीता, दिक्तेल डोजो प्रथम

खोटाङमा १३ औं सितोरियो कराते प्रतियोगीता,

खोटाङ,। खोटाङको दिक्तेलमा आयोजित १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम भएका छन् ।

 

नेपाल सितोरियो कराते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगीतामा १३ कास्य, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो । जिल्ला खेलकुद बिकास समितिको कबर्ड हलमा सञ्चालित प्रतियोगीतामा ६ स्वर्ण, ८ रजत र १५ कास्य सहित हलेसी डोजो दोश्रो भएका छन् । यस्तै, ३ स्वर्ण, ३ रतज र १६ कास्य सहित जालपा डोजोले तेश्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगीताका वितेजा टिमलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बिजेता टिमलाई मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेकी छन् । प्रतिष्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष उत्कृष्ट खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेय राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ ।

प्रतियोगीतामा अन्तर्राष्ट्रिय खेलाडी बिचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमीका निर्वाह गरेका थिए । प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराते संघका सदस्य एवं प्रतियोगीताका संयोजक अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता यसपल्ट आयोजना गरिएको हो । २०७७ चैतमा १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता आयोजना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर