भाद्र ३१, २०८३ मंगलबार

जुम्ल्यहा शिशु र सुत्केरी आमालाई उपचारकालागी हेलीकोप्टरमार्फत उद्धार

सुत्केरी र जुम्ल्यहा शिशुलाई लीनआएको हेलीकोप्टर

खोटाङ,  । स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ । जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रीया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माडौं लगिएको हो ।


३० हप्तामै बच्चा जन्मिएको, अवधि नपुग्दै जन्मिएका कारण नवजात शिशुको तौल कम भएकाले आइसियुमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्य रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. नितु लामाले बताईन् । सुत्केरी तथा नवजात शिशुलाई प्रशुतीगृह थापाथली लगिएको छ । उर्मिला दोश्रोपल्ट सुत्केरी भएकी हुन् । प्रसव व्यथा लागेपछि उनलाई शुक्रबार राती जिल्ला अस्पताल भर्ना गरिएको थियो ।जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो ।

 

प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले सुत्केरी र नवजात शिशुको उद्धारका लागि हेलीकोप्टर पठाएको हो । ‘अवधि नपुग्दै शल्यक्रीया मार्फत बच्चा जन्मिएको छ । बच्चा एकदमकै सानो छ । तौल पनि कम छ,’ डा. लामाले भनिन्, ‘आइसियुमा राख्नुपर्ने अवस्था भएपछि सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरेका हौँ । अप्रेशनका क्रममा आमालाई पनि गा¥हो भएको थियो । अप्रेशन आमाको अवस्था ठीकै देखिएको छ ।’
स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्याथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौं गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर