श्रावण २, २०८३ शुक्रबार

यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै जन प्रदर्शनको तयारी

किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै जन प्रदर्शनको तयारी गरेको छ ।

प्रदेश १ को नामांकन पेचिलो बन्दैगएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेलबजारमा जनप्रदर्शनको तयारी गरेको हो ।

यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहिबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नामाकरण किरात गर्नुपर्ने पक्षमा जनदवाव सिर्जना गर्न र्‍यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रमको तयारी गरेको जानकारी दिएका छन् । बजार परिक्रमाका क्रममा चोक–चोकमा कोणसभाको आयोजना गरिने र विभिन्न वक्ताले सम्बोधन गर्ने यायोक्खाले जनाएको छ ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामाकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ ।

‘यसै सन्दर्भमा प्रदेश सरकारको पहिलो अवधि समापन हुनै लाग्दा नामांकनको बहस तिव्र रुपमा चलिरहेको छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘किरात राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार एक नम्बर प्रदेशको किरात प्रदेश नामांकन गराउन निर्णायक आन्दोलन र विविध दवावमुलक कार्यक्रमको आयोजना गरिएको हो ।’

निर्वाचन भएको पाँच वर्ष बित्न लाग्दा समेत प्रदेश १ को नामाकरण हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर