माघ ५, २०८२ शनिबार

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान गरेका छन् ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढीस्थित रहेको मझुवागढी कालिका भगवती मन्दीरको दर्शनका लागी दिक्तेल बजार आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबिच शनिबार भेटघाटका साथै अनुभव आदान–प्रदान भएको हो । ज्येष्ठ नागरिक संघ खोटाङको दिक्तेल बजार स्थीत हुलाक डाडामा रहेको आफ्नै कार्यालयको प्रांगणमा ओखलढुंगाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ–आफ्नो जिल्लामा भएरगरेका कामको बारेमा दुबै जिल्लाका ज्येष्ठ नागरिकले एकलेअर्कालाई सुनाएका थिए ।

कार्यक्रममा आ–आफ्नो संस्थागत काम तथा प्रगतीका बारेमा जानकारी दिँदै अनुभव बाँडिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
ज्येष्ठ नागरिकबीचमा यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभरी विवाह नगरी बसेक बृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा चर्चा चलाइएको थियो ।

भेटघाटका क्रममा ज्येष्ठ नागरिकको अनुभवलाई सदुपयोग गर्ने अनुशरण गर्ने ‘सिस्टम’ नभएको गुनासो पोखिएको छ । पार्टीको नेतृत्वदेखि जनप्रतिनिधि चयनका क्रममा युवाभन्दा वृद्धवृद्धाको महत्वपूर्ण हात रहने अध्यक्ष घिमिरेले बताए ।

‘भएभरका युवाजति विदेशमा छन्, घरमा बुढाबुढी मात्र बाँकी छन्,’ घिमिरेले भने, ‘छोराबुहारी, नाती नातिनीलाई यसलाई भोट देउ, यसलाई नदेउ भनियो भने हामी हराउँछौं पनि जिताउँछौं पनि । निर्णायक शक्ती त वृद्धवृद्धा हो ।’

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।

ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत लगायत सहभागी थिए । सो टोलीले बिहान कालिका भगवती मन्दीरको दर्शन गरेका छन् ।  समाचार दमन राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

खोटाङमा अशक्त वृद्ध दम्पतीको घरमा लुटपाट

  २०८२ पुष ९, मंगलबार

वडामा आएको बजेट विवादका क्रममा काकाद्वारा भतिजा माथी वडा कार्यालय परिसरमा हातपात

  २०८२ पुष ५, शुक्रबार

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

सम्बन्धित खबर