जेठ १०, २०८२ बिहिबार

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान

खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदान–प्रदान गरेका छन् ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढीस्थित रहेको मझुवागढी कालिका भगवती मन्दीरको दर्शनका लागी दिक्तेल बजार आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबिच शनिबार भेटघाटका साथै अनुभव आदान–प्रदान भएको हो । ज्येष्ठ नागरिक संघ खोटाङको दिक्तेल बजार स्थीत हुलाक डाडामा रहेको आफ्नै कार्यालयको प्रांगणमा ओखलढुंगाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ–आफ्नो जिल्लामा भएरगरेका कामको बारेमा दुबै जिल्लाका ज्येष्ठ नागरिकले एकलेअर्कालाई सुनाएका थिए ।

कार्यक्रममा आ–आफ्नो संस्थागत काम तथा प्रगतीका बारेमा जानकारी दिँदै अनुभव बाँडिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
ज्येष्ठ नागरिकबीचमा यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभरी विवाह नगरी बसेक बृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा चर्चा चलाइएको थियो ।

भेटघाटका क्रममा ज्येष्ठ नागरिकको अनुभवलाई सदुपयोग गर्ने अनुशरण गर्ने ‘सिस्टम’ नभएको गुनासो पोखिएको छ । पार्टीको नेतृत्वदेखि जनप्रतिनिधि चयनका क्रममा युवाभन्दा वृद्धवृद्धाको महत्वपूर्ण हात रहने अध्यक्ष घिमिरेले बताए ।

‘भएभरका युवाजति विदेशमा छन्, घरमा बुढाबुढी मात्र बाँकी छन्,’ घिमिरेले भने, ‘छोराबुहारी, नाती नातिनीलाई यसलाई भोट देउ, यसलाई नदेउ भनियो भने हामी हराउँछौं पनि जिताउँछौं पनि । निर्णायक शक्ती त वृद्धवृद्धा हो ।’

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियोे ।

ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत लगायत सहभागी थिए । सो टोलीले बिहान कालिका भगवती मन्दीरको दर्शन गरेका छन् ।  समाचार दमन राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर