मंग्सिर २१, २०८० बिहिबार

सरकारी सवारी साधनकोे व्यापक दुरुपयोग

photo

खोटाङ, २५ माघखोटाङमा सरकारी सवारी साधनको व्यापक दुरुपयोग भएको पाइएको छ ।
स्थानीय तहको निर्वाचनपछी नागरिकको काम गर्न सहज होस भनी जनप्रतीनीधीलाई दिइएको सरकारी नम्बर प्लेटको चार पाङ्ग्रे गाडी, मोटरसाईकलको देशैभरी दुरुपयोग गरिएको पाईएको छ । अधिकांश मन्त्री देखी स्थानीयस्तरका सरकारका प्रमुखहरुको सवारी साधन पार्टीको कार्यक्रम देखी कार्यकर्ताको विवाह ,छेवर,पास्नी,ब्रतबन्ध र घुमफीर मनोरन्जनको लागी प्रयोग गरेको पाइएको हो ।
केहि दिन अगाडी देशभर वर्षासहित हिमपात परेको समयमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हुर्लुङमा हिँउ खेल्नका लागि विना काम कार्यालय बन्द हुँदा सरकारी सवारी साधनको दुरुपयोग भएको पाइएको हो ।
गत शुक्रबार जिल्लामा हिमपात भएको समयमा हीउ खेल्नका लागि बा २ ब ८१९३ नम्बरको सरकारी मोटरसाइकल दुरुपयोग भएको पाइएको हो । उक्त सवारी साधन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मा वडा कार्यालयको रहेको २ नम्बर वडा सदस्य अमर श्रेष्ठले मदानी खबरलाई बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयको यो सवारी साधन बिना काम दुरुपयोग हुनु दुखद् भएकोले यसको छानमीन गरीने छ ।

यता, हामीले वडा अध्यक्ष हर्कबहादुर खत्रीसँग गरेको कुराकानी अनुसार हाम्रो वडा कार्यालयको सवारी साधन वडाकै कृषि प्राविधीक गणेश आचार्यसँग थियो । उहाँसँग भएको सवारी साधन कसरी हुर्लुङ पुग्यो थाहा नभएको बताएका छन् । तर, सामाजिक सञ्जाल (फेसबुक)मा मदानी खबरका अध्यक्ष तथा सञ्चालक सिताराम राई (सञ्जिव)ले स्टाटस सार्वजनिक गरेपछि आफुलाई बल्ल थाहा भएको वडा अध्यक्ष खत्रीले जानकारीदिए ।

खत्रीले भने, मैले कृषि प्राविधिक आचार्यलाई बोलाएर सोधे वडा कार्यालयको मोटरसाइकल तपाईसँग भएको कसरी त्यहा पुग्यो? आचार्यले भने, मैले हाम्रै कार्यालयका भेटेनरी (पशु) कर्मचारीलाई दिएको बताए । तर, हामीले वडा अध्यक्ष खत्रीले भनेको कुरालाई आधार मानेर कृषि प्राविधिक आचार्यलाई सम्पर्क गर्न खोजेका थियौँ, उहाँको ९८४२९४७५९७ नम्बरको मोबाइलमा फोन सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर