श्रावण २, २०८३ शुक्रबार

भुकम्पको केन्द्रबिन्दु साकेला ५ मात्तिम बिर्ता

आईतबार बिहान ८ बजेर १३ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ ।                                                                      राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्पबिद लोक बिजय अधिकारीका अनुसार  खोटाङको साकेला गाउपालिक वडा नम्बर ५ मात्तिम बिर्तालाई केन्द्र बिन्दु बनाएर ८ बजेर १३ मिनेटको समयमा ६ रेक्टर स्केलको भुकम्प गएको मदानी खबरलाई जानकारी दिनु भयो । भुकम्प गएको केहि समय पस्चात पनि साधारण धक्काको महसुस गरिएको थियो । साकेला गाउपालिका मात्तिमका स्थानीय  गोपि खड्काका  अनुसार अहिले सम्मपनि पटक पटक गरि ४ पटक सम्म साधारण धक्का र कम्पनको महसुस भईरहेको छ । सायद डरले पनि हुन सक्छ यसै भुई चालै गईरहेको छ जस्तो आभास भै रहेछ , ठूलो भुकम्प आउदा २ फिट माथी उफार्दो रहेछ केही सेकेन्ड मात्र आएको भए निक्कै खतरा अबस्था आउने थियो  उहाले अनुभव सेयर गर्नु भयो । भुकम्पले जिल्लामा मानविय,भाैतिक र पशुचाैपायलाई कुनै क्षति भने नगरेकाे प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले मदानी खबरलाई जानकारी गराउनु भयो । आईतबार बिहान गएको भुकम्पको धक्का पुर्बी पहाडी जिल्ला खोटाङ, भोजपुर,उदयपुर,सोलुखुम्बु,ओखलढुंगा ,धरान संगै काठमाडौ उपत्यकामा पनि साधारण धक्का महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर