भाद्र ३१, २०८३ मंगलबार

खोटाङबाट काठमाण्डाै तर्फ जाँदै गरेको जिप दुर्घटना जिपमा सवार ९ ..?

खोटाङबाट काठमाण्डौतर्फ गईरहेको सुमो दुर्घट्ना भएको छ। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारमा काठमाण्डौ जाँदै गरेको ना १ ज ७४४१ सुमोलाई विपरीत दिशा काठमाण्डौबाट धनुषातर्फ जाँदै गरेको बाग्मती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिङगल क्याप बलेरोले ठक्कर दिंदा दुर्घट्ना भएको हो।

दुर्घट्नामा हुंदा सुमो चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २३ वर्षीय फडिन्द्र विकसहित नौ जना घाईते भएका छन्। घाइते हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउँरीडाँडाका ३१ वर्षीय भक्त बहादुर बुढाथोकी, बाम्राङका २० वर्षीय जिबन खत्री, खाल्लेका २३ वर्षीय सबिन खत्री, नुनथलाका २० वर्षीया प्रतिभा राई, बाम्राङका २४ वर्षीया बबिता राई घाईते भएका छन्।

घाईते भएका बुढाथोकीको मुखमा चोट लागेको छ खत्रीको टाउको, दायाँ हात, दायाँ खुट्टामा चोट लागेपछि धुलिखेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सबिन खत्रीको दायाँ हात, दायाँ खुट्टा ठोक्किएपछि उपचारमा काठमाण्डौ पठाईएको छ । प्रतिभाको टाउकोमा चोट, छाती र दायाँ हात ठोक्किएपछि भूमि अस्पतालमा उपचार भईरहेको छ। बबिताको भने आँखामाथि, दाहिने छाती, घाँटी र खुट्टामा सामान्य चोट लागेको छ।
यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ बस्ने ६७ वर्षीया निरमाया मगर र उनको श्रीमान ६५ वर्षीय भक्त बहादुर मगरको छाती र दुबै खुट्टा ठोक्किएको छ। सुमोमै सवार सिन्धुली तिनपाटन गाउँपालिका–९का३५ वर्षीय रन्जना खुलालको टाउको र हातमा चोट लागेपछि उनीहरुलाई पनि धुलिखेल अस्पताल पठाइएको छ।अवस्था सामान्य भएपछि डिस्चार्ज भएका सुमो चालक विक र बलेरो चालक धादिङ थाक्रे गाउँपालिका–३ का २५ वर्षीय किरण मिजार सिन्धुली प्रहरीको नियन्त्रणमा छ। दुबै सवारीको कागजात र सवारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर