पुष २९, २०८१ सोमबार

खोटाङबाट काठमाण्डाै तर्फ जाँदै गरेको जिप दुर्घटना जिपमा सवार ९ ..?

खोटाङबाट काठमाण्डौतर्फ गईरहेको सुमो दुर्घट्ना भएको छ। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारमा काठमाण्डौ जाँदै गरेको ना १ ज ७४४१ सुमोलाई विपरीत दिशा काठमाण्डौबाट धनुषातर्फ जाँदै गरेको बाग्मती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिङगल क्याप बलेरोले ठक्कर दिंदा दुर्घट्ना भएको हो।

दुर्घट्नामा हुंदा सुमो चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २३ वर्षीय फडिन्द्र विकसहित नौ जना घाईते भएका छन्। घाइते हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउँरीडाँडाका ३१ वर्षीय भक्त बहादुर बुढाथोकी, बाम्राङका २० वर्षीय जिबन खत्री, खाल्लेका २३ वर्षीय सबिन खत्री, नुनथलाका २० वर्षीया प्रतिभा राई, बाम्राङका २४ वर्षीया बबिता राई घाईते भएका छन्।

घाईते भएका बुढाथोकीको मुखमा चोट लागेको छ खत्रीको टाउको, दायाँ हात, दायाँ खुट्टामा चोट लागेपछि धुलिखेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सबिन खत्रीको दायाँ हात, दायाँ खुट्टा ठोक्किएपछि उपचारमा काठमाण्डौ पठाईएको छ । प्रतिभाको टाउकोमा चोट, छाती र दायाँ हात ठोक्किएपछि भूमि अस्पतालमा उपचार भईरहेको छ। बबिताको भने आँखामाथि, दाहिने छाती, घाँटी र खुट्टामा सामान्य चोट लागेको छ।
यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ बस्ने ६७ वर्षीया निरमाया मगर र उनको श्रीमान ६५ वर्षीय भक्त बहादुर मगरको छाती र दुबै खुट्टा ठोक्किएको छ। सुमोमै सवार सिन्धुली तिनपाटन गाउँपालिका–९का३५ वर्षीय रन्जना खुलालको टाउको र हातमा चोट लागेपछि उनीहरुलाई पनि धुलिखेल अस्पताल पठाइएको छ।अवस्था सामान्य भएपछि डिस्चार्ज भएका सुमो चालक विक र बलेरो चालक धादिङ थाक्रे गाउँपालिका–३ का २५ वर्षीय किरण मिजार सिन्धुली प्रहरीको नियन्त्रणमा छ। दुबै सवारीको कागजात र सवारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

खोटाङको रावा बेसी गाउँपालिका ५ नं. वडा कार्यालय दुवेकोलको वडा कार्यालय सेवा केन्द्र भवनको उत्घाटन

  २०८१ पुष १७, बुधबार

टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति फुटबलको तयारी

  २०८१ मंग्सिर १९, बुधबार
सम्पर्क मन्च्को देउसी र शुभकामना

खोटाङ काठमाडौ सम्पर्क मञ्चको तिहार र छैठको अबसरमा शुभकामना र देउसी ।

  २०८१ कार्तिक १४, बुधबार
सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

खोटाङ काठमाडौ सम्पर्क मञ्चले तिहार र छैठ विशेष शुभकामना र देउसी भैलो कार्यक्रम गर्दै

  २०८१ कार्तिक ९, शुक्रबार

स्वर्गीय सस्थापक अध्यक्षको सम्झनामा भलिबल प्रतियोगिता सम्पन्न

  २०८१ कार्तिक ८, बिहिबार
बोसे आराखा फुटबल

बोसे आराखा फुटबल प्रतियोगिता प्रथम हुनेलाई २० हजारको सुंगुर

  २०८१ कार्तिक ३, शनिबार
स्वर्गीय संकर बहादुर राई

ऐमाले पालिका कमिटी द्वारा सस्थापक अध्यक्ष राईको स्मृतिमा भलिबल प्रतियोगिता

  २०८१ कार्तिक २, शुक्रबार

सम्बन्धित खबर