जेठ ३, २०८३ शनिबार

भुकम्पले विधालय भवन, एक प्रहरी चौकीसहित ४७६ घर चर्किए

खोटाङ भुकम्प अपडेट

  • खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको भुकम्पले जिल्लाभर तीन विधालय भवन, एक प्रहरी चौकीसहित ४७६ घर चर्किएको छ । एक घर पूर्णरुपमा भत्किएको छ ।
    आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पको इपिसेन्टर साकेला गाउँपालिका–५ मात्तिमविर्तामा ८० घर, साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा १३४ घर, साकेला गाउँपालिका–४ मात्तिममा १०५ घर, साकेला गाउँपालिका–२ रतन्छामा ८८ घर र साकेला गाउँपालिका–३ खिदिमामा ५८ चर्किएको छ ।
    साकेला गाउँपालिका–३ खिदिमाको नवज्योति प्राविको चार कोठे, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चार कोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सुर्केडाँडा निमाविको चार कोठे भवन चर्किएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवन चर्किएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईले जानकारी दिए ।
    हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । भुकम्पको सम्पूर्ण क्षतिको विवरण तीन दिनभित्र पठाउन सबै स्थानीय तहहरुलाई आग्रह गरिएको प्रजिअ सेडांईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर