मंग्सिर २१, २०८० बिहिबार

भुकम्पले विधालय भवन, एक प्रहरी चौकीसहित ४७६ घर चर्किए

खोटाङ भुकम्प अपडेट

  • खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको भुकम्पले जिल्लाभर तीन विधालय भवन, एक प्रहरी चौकीसहित ४७६ घर चर्किएको छ । एक घर पूर्णरुपमा भत्किएको छ ।
    आईतबार बिहान ८ बजेर १३ मिनेटमा गएको ६ म्याग्निच्युडको भुकम्पको इपिसेन्टर साकेला गाउँपालिका–५ मात्तिमविर्तामा ८० घर, साकेला गाउँपालिका–१ बाझेच्यानडाँडामा १३४ घर, साकेला गाउँपालिका–४ मात्तिममा १०५ घर, साकेला गाउँपालिका–२ रतन्छामा ८८ घर र साकेला गाउँपालिका–३ खिदिमामा ५८ चर्किएको छ ।
    साकेला गाउँपालिका–३ खिदिमाको नवज्योति प्राविको चार कोठे, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चार कोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको सुर्केडाँडा निमाविको चार कोठे भवन चर्किएको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवन चर्किएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडांईले जानकारी दिए ।
    हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । भुकम्पको सम्पूर्ण क्षतिको विवरण तीन दिनभित्र पठाउन सबै स्थानीय तहहरुलाई आग्रह गरिएको प्रजिअ सेडांईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर