भाद्र २८, २०८३ शनिबार

आसन्न निर्वाचनका उम्मेद्बारी माओवादी खोटाङले पनि एकल नाम सिफारिस गर्न सकेन , आकाङ्क्षि उम्मेद्बारीको लाईन

आसन्न मङ्सिरमा ४ मा हुनगैइरहेको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) खोटाङले प्रतिनिधिसभा र प्रदेशसभाका आकाङ्क्षि उम्मेद्वारहरुको टुङ्गो लगाएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा २१ र २२ गतेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । मङलबार माओबादी केन्द्रको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष तर्फ माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र पर्शुराम विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्रको प्रस्तावित नाम लिस्ट

नेकपा माओवादी केन्द्रको प्रस्तावित नाम लिस्ट

प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगिन), हस्तबहादुर राई (आमोद), बिकास राई र सिताराम अधिकारीलाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।
यस्तै, प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको पत्रकार सम्मेलनमा मार्फत जानकारी दिइएको छ ।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई राईका अनुसार एक ब्यक्तिलाई मात्र सर्ब सम्बत सिफारिस गर्न नसक्नुमा समय अबधि छोटो रहेको र गटबन्धनका कारण आफुहरुको भागमा के पर्ने या नपर्ने निश्चित नभएका कारण रहेको बताए । केन्द्रमा सहमती जुट्न बाकी छ । नेता राईका अनुसार आवश्यकताको आधारमा प्रस्तावित नाम बाटै सर्बसम्बत सिफारिस गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर