मंग्सिर १४, २०८० बिहिबार

आसन्न निर्वाचनका उम्मेद्बारी माओवादी खोटाङले पनि एकल नाम सिफारिस गर्न सकेन , आकाङ्क्षि उम्मेद्बारीको लाईन

आसन्न मङ्सिरमा ४ मा हुनगैइरहेको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) खोटाङले प्रतिनिधिसभा र प्रदेशसभाका आकाङ्क्षि उम्मेद्वारहरुको टुङ्गो लगाएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा २१ र २२ गतेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । मङलबार माओबादी केन्द्रको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष तर्फ माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र पर्शुराम विश्वकर्माको नाम सिफारिस गरिएको छ ।

नेकपा माओवादी केन्द्रको प्रस्तावित नाम लिस्ट

नेकपा माओवादी केन्द्रको प्रस्तावित नाम लिस्ट

प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगिन), हस्तबहादुर राई (आमोद), बिकास राई र सिताराम अधिकारीलाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।
यस्तै, प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको पत्रकार सम्मेलनमा मार्फत जानकारी दिइएको छ ।
केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई राईका अनुसार एक ब्यक्तिलाई मात्र सर्ब सम्बत सिफारिस गर्न नसक्नुमा समय अबधि छोटो रहेको र गटबन्धनका कारण आफुहरुको भागमा के पर्ने या नपर्ने निश्चित नभएका कारण रहेको बताए । केन्द्रमा सहमती जुट्न बाकी छ । नेता राईका अनुसार आवश्यकताको आधारमा प्रस्तावित नाम बाटै सर्बसम्बत सिफारिस गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर