मंग्सिर १४, २०८० बिहिबार

निजामती सेवा दिवसमा ऐसेलुखर्कका सात कर्मचारी पुरस्कृत

निजामती सेवा दिवसमा ऐसेलुखर्कका सात कर्मचारी पुरस्कृत
खोटाङ, २२ भदौ । निजामती सेवा दिवसको अवसरमा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सात जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

पुरस्कार बितरण पछि

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई छनौट गरेर १९ औं निजामती सेवा दिवसको अवसरमा बुधबार सम्मान गरेको हो । १० हजार ५०० राशीको सर्वोत्कृष्ट निजामती पुरस्कार रामकाजी नेपाललाई र ७ हजार ५५० रुपैयाँ राशीको उत्कृष्ट निजामती पुरस्कार निर्मला  शर्मा,किर्ती बहादुर राई,प्रदिप ढकाल,भक्त बहादुर सुनुवारलाई प्रदान गरिएको छ । ५ हजार राशीको निजामती कर्मचारी पुरस्कार  धनकुमार खत्री, किसन अधिकारीलाई प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कारका साथमा प्रमाण–पत्र हस्तान्तरण गरेका छन् ।

पालिका प्रमुख गिरेन्द्र बहादुर राई द्वारा पुरस्कार बितरण गरिदै

पालिका प्रमुख गिरेन्द्र बहादुर राई द्वारा पुरस्कार बितरण गरिदै

गाउँपालिकालाई समृद्ध बनाउन सबै तहका कर्मचारीको मनोवल बृद्धिका लागि कार्यसम्पादनका आधारमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
निजामती सेवा दिवसकै अवसरमा भीरपानीमा हात्तीबारको बिरुवा रोपिएको छ । निरन्तर पहिरो गइरहने ठाउँलाई छनौट गरेर हात्तीबारका पाँच सय बोट बिरुवा रोपिएको हो । चाँडो बढ्ने, जराले बलियोगरी माटो पक्रने र सुक्खा ठाउँमा पनि बाँच्ने भएकाले पहिरो रोकथाममा टेवा पुर्‍याउने लक्ष्यका साथ हात्तीबार रोपिएको गाउँपालिका अध्यक्ष राईले बताए । दिवसकै अवसरमा गाउँपालिकाको कार्यालय परिषरमा एभोकार्डो फलको बिरुवा रोपिएको छ ।

हातिबार रोप्दै पालिका प्रमुख गिरेन्द्र राई र प्रशासकीय अधिकृत हिरा कुमारी यादब

    हातिबार रोप्दै पालिका प्रमुख गिरेन्द्र राई र प्रशासकीय अधिकृत हिरा कुमारी यादब ।

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राई प्रमुख अतिथि एबं उपाध्यक्ष राजेश राजभण्डारी विशेष अतिथि थिए । कार्यक्रममा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका वडाध्यक्ष अरुण राई, निजामती कर्मचारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर