फागुण २२, २०८२ बिहिबार

निजामती सेवा दिवसमा ऐसेलुखर्कका सात कर्मचारी पुरस्कृत

निजामती सेवा दिवसमा ऐसेलुखर्कका सात कर्मचारी पुरस्कृत
खोटाङ, २२ भदौ । निजामती सेवा दिवसको अवसरमा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सात जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

पुरस्कार बितरण पछि

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई छनौट गरेर १९ औं निजामती सेवा दिवसको अवसरमा बुधबार सम्मान गरेको हो । १० हजार ५०० राशीको सर्वोत्कृष्ट निजामती पुरस्कार रामकाजी नेपाललाई र ७ हजार ५५० रुपैयाँ राशीको उत्कृष्ट निजामती पुरस्कार निर्मला  शर्मा,किर्ती बहादुर राई,प्रदिप ढकाल,भक्त बहादुर सुनुवारलाई प्रदान गरिएको छ । ५ हजार राशीको निजामती कर्मचारी पुरस्कार  धनकुमार खत्री, किसन अधिकारीलाई प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कारका साथमा प्रमाण–पत्र हस्तान्तरण गरेका छन् ।

पालिका प्रमुख गिरेन्द्र बहादुर राई द्वारा पुरस्कार बितरण गरिदै

पालिका प्रमुख गिरेन्द्र बहादुर राई द्वारा पुरस्कार बितरण गरिदै

गाउँपालिकालाई समृद्ध बनाउन सबै तहका कर्मचारीको मनोवल बृद्धिका लागि कार्यसम्पादनका आधारमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
निजामती सेवा दिवसकै अवसरमा भीरपानीमा हात्तीबारको बिरुवा रोपिएको छ । निरन्तर पहिरो गइरहने ठाउँलाई छनौट गरेर हात्तीबारका पाँच सय बोट बिरुवा रोपिएको हो । चाँडो बढ्ने, जराले बलियोगरी माटो पक्रने र सुक्खा ठाउँमा पनि बाँच्ने भएकाले पहिरो रोकथाममा टेवा पुर्‍याउने लक्ष्यका साथ हात्तीबार रोपिएको गाउँपालिका अध्यक्ष राईले बताए । दिवसकै अवसरमा गाउँपालिकाको कार्यालय परिषरमा एभोकार्डो फलको बिरुवा रोपिएको छ ।

हातिबार रोप्दै पालिका प्रमुख गिरेन्द्र राई र प्रशासकीय अधिकृत हिरा कुमारी यादब

    हातिबार रोप्दै पालिका प्रमुख गिरेन्द्र राई र प्रशासकीय अधिकृत हिरा कुमारी यादब ।

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राई प्रमुख अतिथि एबं उपाध्यक्ष राजेश राजभण्डारी विशेष अतिथि थिए । कार्यक्रममा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका वडाध्यक्ष अरुण राई, निजामती कर्मचारी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर