फागुण २२, २०८२ बिहिबार

कर्मचारी दिवसको अबसरमा दिप्रुङमा भलिबल र म्युजिकल चियर

१९ औनिजामती कर्मचारी दिवसको अबसरमा निकालिएको र्‍याली

१९ औ निजामती कर्मचारी दिवसको अबसरमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिकाले पुरुष कर्मचारी भलिबल र महिला म्युजिकल चियर प्रतियोगिता आयोजना सम्पन्न गरेको छ ।

विजायी टिमलाई पुरस्कार बितरण पछिको फोटो सेसन

ब्यवसायिक र सिर्जनशिल प्रशासन बिकास समृद्धि र सुशासन भन्ने मुल नारा सहित निजामती सेवा दिवस कार्यक्रम २०७९ को ब्यानरको साथमा पालिका प्रमुख लोकेन्द्र राई  उपप्रमुख प्रमुख अरुणा थापामगर  प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईको नेतृत्वमा निजामती कर्मचारिहरुको र्‍याली निकालि  भब्यताकासाथ कार्यक्रम सम्पन्न भएको छ ।                                                                       

सोही कार्यक्रमको अबसरमा  पुरुस कर्मचारी भलिबल प्रतियो गिता र महिला म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको छ ।  भलिबल प्रतियोगितामा ,प्रशासन सेवाप्रहरी सेवा,स्वास्थ्य र शिक्षा सेवा, कृषि र पशु सेवा ,ईन्जिनियरिङ् सेवा,जनप्रतिनिधि गरि जम्मा ६ टिमको सहभागीता रहेको थियो । उक्त भलिबल प्रतियोगितामा प्रथम स्थान : प्रहरी सेवा ,द्वितीय स्थान : स्वास्थ्य र शिक्षा सेवा  र
तृतीय स्थान: जनप्रतिनिधिले हासिल गरेको छ । म्युजिकल चियर तर्फ प्रथम :  पालिका जवान प्रहरी सोनिमा राईले  बिजय प्राप्त गरेकि छिन ।                प्रतियोगिता पश्चात् औपचारिक कार्यक्रममा पालिका र पालिकाबासिको समृद्धिको लागि जनप्रतिनिधि र कर्मचारी बिच एक आपसमा परिपुरक सम्बन्ध बनाउदै पालिकाबासी नागरिकहरूलाई सेवा प्रवाह गर्दै , निजामती कर्मचारीहरुको हकहित र अधिकारको पक्षमा आफू र पालिकाका जनप्रतिनिधिहरु रहेको पालिका प्रमुख लोकेन्द्र  राईले धारणा व्यक्त गर्नु भयो । साथै ब्यानर्मा उल्लेखित स्लोगनलाई कार्यान्वयन गर्न आग्रह गर्दै गाउँपालिकामा सुशासन कायम गर्न र  समृद्धिको लागि पालिकामा कार्यरत निजामती कर्मचारी सदैब  ईमान्दारिताका साथ लाग्नेकुरामा आफू बिस्वस्त रहेको  प्रमुख राईले  धारणा  व्यक्त गर्नु भयो ।                                                                                                                                                               १९ औ निजामती कर्मचारी दिबस कार्यक्रम गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेद्र बहादुर राईको अध्यक्षतामा,प्रमुख अतिथि पालिका प्रमुख लोकेद्र राई,बिशेष अतिथि पालिका उपप्रमुख अरुणा थापामगर,अतिथीहरु पालिकाका वडा अध्यक्ष तथा सदस्य ,कर्मचारी , प्रहरी , पालिका प्रहरी  र स्थानीयबासीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर