मंग्सिर २१, २०८० बिहिबार

किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल राई चरित्र

सम्पूर्ण किरात राई पत्रकारहरुको छाता संगठन किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा असल राई चरित्र चयन भएका छन् । खोटाङको सदरमुकाम दिक्तेल बजारको जिल्ला समन्वय समितिको हलमामा बिहिबार सम्पन्न संघको पाँचौ जिल्ला अबिधेशबाट राई अध्यक्षमा चयन भएका हुन् ।

किरात राई पत्रकार संघको कार्यक्रममा प्रमुख अतिथि भिम राई मन्तव्यको क्रममा

अबिधेशनले राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष गोमा राईले मदानी खबरलाई बताईन । निवर्तमान अध्यक्ष राईका अनुसार समितिको उपाध्यक्षमा कृष्ण कला राई चयन भएका छन् । सचिवमा योगिन राई चयन भएका छन् ।

निबर्तमान अध्यक्ष गोमा राई मन्तव्य राख्दै

त्यसैगरी संघको सह–सचिवमा रेमन राई चयन भएका छन्भने कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका छन् । यसैगरि सदस्यहरुमा क्रीस्टिला राई, जीवन चाम्लिङ र असोक राई एल्जिना राई पबित्रा राई सदिक्षा राई रहेका छन् ।
केन्द्रीय प्रतिनिधिमा उजुर राई, सञ्जिव राई, गोमा राई र टिवन राईलाई चयन गरिएको छ ।                                                 

कार्यक्रम निवर्तमान अध्यक्ष गोमा राईको अध्यक्षता, किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राईको प्रमुख आतिथ्यता एबं किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरातको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । उद्घाटन–सत्रमा नेपाल आदिबासी जनजाती समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा,  किरात राई विद्यार्थी संघकाे केन्द्रीय संगठन विभाग प्रमुख तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला सचिव उदिम चाम्लिङ,  आदिवासी  जनजाति  महासंघकाे जिल्ला उपाध्यक्ष  एलबी मगर,  किरावी संघकाे केन्द्रीय भाषा धर्म सस्कृति विभाग प्रमुख  डारविन चाम्लिङ लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर