मंग्सिर १४, २०८० बिहिबार

दिप्रुङ गाउपालिकाले विविध कार्यक्रम गर्दै साक्षरता दिवस मनायो,खेल देखि छात्रवृत्ति सम्म

  1.  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृट अंक ल्याएर एसइई उत्तिर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।                                      गाउँपालिकाभित्रका सामुदायीक विद्यालयमध्येबाट एसइईमा उत्कृष्ट अंक सहित उत्तिर्ण हुने एक जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने घोषणा गरिएको हो ।                                                             
    ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिहिबार गाउँपालिकाको कार्यालय याङसोलाटारमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसइईका उत्कृष्ट एक जना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति उपलव्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।                                               गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ ।
    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक वटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरि खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।
    दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै छ ।                                                           आज भएको आधारभुत बिद्यालय स्तरिय हाजिरी जबाफ प्रतियोगितामा पालिकाका विभिन्न बिद्यालय बाट १८ टिमले सहभागिता जनाएको थियो । आज अधारभुत बिद्यालय स्तरका प्रतियोगिता राखिएको थियो,भोलिबाट माध्यमिक स्तरका प्रतियोगिताहरु हुनेछ । दिवसको अबसरमा हाजिरी जवाफ, निवन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगीताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।
    कार्यक्रम शिक्षा साखा प्रमुख मणि गिरिको सभापतित्वमा गाउँपालिका प्रमुख लोकेन्द्र राईको प्रमुख आतिथ्यतामा, पालिका उपप्रमुख अरुणा मगर,पालिका प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईको विशेष आथित्यतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर