
गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रबृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ ।
आज भएको आधारभुत बिद्यालय स्तरिय हाजिरी जबाफ प्रतियोगितामा पालिकाका विभिन्न बिद्यालय बाट १८ टिमले सहभागिता जनाएको थियो । आज अधारभुत बिद्यालय स्तरका प्रतियोगिता राखिएको थियो,भोलिबाट माध्यमिक स्तरका प्रतियोगिताहरु हुनेछ । दिवसको अबसरमा हाजिरी जवाफ, निवन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगीताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop