बैसाख ६, २०८३ शनिबार

खोटाङमा  गोरु काटेको अभीयोगमा पक्राउ परेकाहरुको रीहाईको माग गर्दै ज्ञापनपत्र पत्र

खोटाङमा  गोरु काटेको अभीयोगमा माघ २३ गत्ते पक्राउ परेका ३ जनालाई बीना सर्त रीहाईको माग गर्दै नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद खोटाङले  जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र पत्र बुझाएको छ ।

बुधबार जील्ला प्रशासन कार्यलयमा सहायक प्रमुख जील्ला अधीकारी बीकल श्रेष्ठ  मार्फत प्रधान मन्त्रीको कार्यालय सींहदरवार,सभामुख तथा सबै राजनीतीक दल तथा जातीय संघ सस्थाहरुको केन्द्रीय कार्यलयलाई एकमुष्ट ज्ञापन पत्र बुझाएको हो ।

देश संघीयता र धर्मनीरपेक्ष घोषणा भई सक्दा पनी  आदिवासी जनजातिहरुले आफ्नो धर्म सस्कार सस्कृति परम्परा अनुसार गोरुको मासु खाएकोमा प्रहरी प्रशासनले धरपकट गर्ने , मुद्दा लगाउने कार्य गरेकोले पत्राउ परेकाहरुलाई नीसर्त नछाडे जस्तो सुकै मुल्य चुकाउन आम देश भरका आदिवासी जनजातीहरु तयार रहेको नेपाल आदिबासी जनजाती महा संघ जिल्ला समन्वय परीषद खोटाङका अध्यक्ष फुर्वा शेर्पाले धारणा व्यक्त गर्नु भयो ।

बीगत दुईसय पचास बर्ष अघीबाट नै नेपालका आदिवासी जनजातीहरुमाथी घोर अन्याय र अत्याचार भएको भन्दै ३ जना तामाङलाई थुनेर नेपालका आदिवासी जनजातीहरुमाथी अन्याए अत्याचार भएकोले संबिधानमा धर्म निरपेक्षता उल्लेख   भए अनुसार ३ जनालाई यथा सीघ्र बीना सर्त छोडीनु पर्ने नेपाल आदिबासी जनजाती महा संघ जिल्ला समन्वय परीषद खोटाङका सल्लाहाकार धनीराम राईले धारण राख्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ  गत २३ गत्ते पक्राउ परेका थीए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउँमा आइतबार दिउँसो करिब ४ बजे गोरु काटेर बेचिरहेको अवस्थामा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताउनु भयो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट गोरु काटेको भनिएको एउटा बन्चरो र चार वटा खुकुरी पनि बरामद गरिएको छ । उनीहरूलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनु भयो ।

पक्राउ परेका तीनै जनालाई २४ गत्ते नै एक हप्ताको लागी म्याद थपी पशुपन्क्षी ऐन अन्र्तगतको मुद्दा चलाई अनुसन्धान भईरहेको प्रवक्ता साहले बताउनु भयो ।

अनुसन्धान पश्चात गाई गोरु काटेको ठहरीएमा  मुलुकी अपराध संहीता ऐन २०७४ को भाग २ को परीक्षेद २७ को दफा २८९ अनुसार कसैले गाई वा गोरु मार्नु हुन्न भन्ने रहेकोले यदी मारेको प्रमाणीत भएमा ३ बर्ष सम्म कैद सजाए रहने ब्यावस्था रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर