मंग्सिर १४, २०८० बिहिबार

खोटाङमा  गोरु काटेको अभीयोगमा पक्राउ परेकाहरुको रीहाईको माग गर्दै ज्ञापनपत्र पत्र

खोटाङमा  गोरु काटेको अभीयोगमा माघ २३ गत्ते पक्राउ परेका ३ जनालाई बीना सर्त रीहाईको माग गर्दै नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परीषद खोटाङले  जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र पत्र बुझाएको छ ।

बुधबार जील्ला प्रशासन कार्यलयमा सहायक प्रमुख जील्ला अधीकारी बीकल श्रेष्ठ  मार्फत प्रधान मन्त्रीको कार्यालय सींहदरवार,सभामुख तथा सबै राजनीतीक दल तथा जातीय संघ सस्थाहरुको केन्द्रीय कार्यलयलाई एकमुष्ट ज्ञापन पत्र बुझाएको हो ।

देश संघीयता र धर्मनीरपेक्ष घोषणा भई सक्दा पनी  आदिवासी जनजातिहरुले आफ्नो धर्म सस्कार सस्कृति परम्परा अनुसार गोरुको मासु खाएकोमा प्रहरी प्रशासनले धरपकट गर्ने , मुद्दा लगाउने कार्य गरेकोले पत्राउ परेकाहरुलाई नीसर्त नछाडे जस्तो सुकै मुल्य चुकाउन आम देश भरका आदिवासी जनजातीहरु तयार रहेको नेपाल आदिबासी जनजाती महा संघ जिल्ला समन्वय परीषद खोटाङका अध्यक्ष फुर्वा शेर्पाले धारणा व्यक्त गर्नु भयो ।

बीगत दुईसय पचास बर्ष अघीबाट नै नेपालका आदिवासी जनजातीहरुमाथी घोर अन्याय र अत्याचार भएको भन्दै ३ जना तामाङलाई थुनेर नेपालका आदिवासी जनजातीहरुमाथी अन्याए अत्याचार भएकोले संबिधानमा धर्म निरपेक्षता उल्लेख   भए अनुसार ३ जनालाई यथा सीघ्र बीना सर्त छोडीनु पर्ने नेपाल आदिबासी जनजाती महा संघ जिल्ला समन्वय परीषद खोटाङका सल्लाहाकार धनीराम राईले धारण राख्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ३५ वर्षीय खगेन्द्र तामाङ र ४० वर्षीय गणेश तामाङ  गत २३ गत्ते पक्राउ परेका थीए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित दिखुवा भन्ने ठाउँमा आइतबार दिउँसो करिब ४ बजे गोरु काटेर बेचिरहेको अवस्थामा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताउनु भयो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट गोरु काटेको भनिएको एउटा बन्चरो र चार वटा खुकुरी पनि बरामद गरिएको छ । उनीहरूलाई पक्राउपछि थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनु भयो ।

पक्राउ परेका तीनै जनालाई २४ गत्ते नै एक हप्ताको लागी म्याद थपी पशुपन्क्षी ऐन अन्र्तगतको मुद्दा चलाई अनुसन्धान भईरहेको प्रवक्ता साहले बताउनु भयो ।

अनुसन्धान पश्चात गाई गोरु काटेको ठहरीएमा  मुलुकी अपराध संहीता ऐन २०७४ को भाग २ को परीक्षेद २७ को दफा २८९ अनुसार कसैले गाई वा गोरु मार्नु हुन्न भन्ने रहेकोले यदी मारेको प्रमाणीत भएमा ३ बर्ष सम्म कैद सजाए रहने ब्यावस्था रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर