फागुण २२, २०८२ बिहिबार

समता फुटबल क्लबको आयोजनामा खुल्ला पुरुष फुटबल आजबाट सुरु

अतिथि द्वारा रेफ्रीलाई बल हस्तान्तरण गरिदै

खोटाङमा समता फुटबल क्लवको आयोजनामा खुला पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । आयोजक समता फुटबल क्लवका अध्यक्ष दिनेश डिके को अध्यक्षतामा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यता, नेकपा एमाले सचीव कुमार प्रसाद आचार्य , दिपक ठटाल , दिरुमनपा ३ का वडा अध्यक्ष महेन्द्र राई, खोटाङ फुटबल संघका उपाध्यक्ष काजिमान राई,दिपेन्द्र राई ,उद्दप राई को विशेष आतिथ्यतामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा प्रमुुुख अतिथि भट्टराई द्वारा  रेफ्रीलाई बल हस्तान्तरण गरि औपचारिक रुपमा प्रतियोगिता सुरु भएको थियो ।

अतिथि द्वारा रेफ्रीलाई बल हस्तान्तरण गरिदै

उद्घाटनमा भए संगै पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भर्सेस सुपर खोटाङ भोजपुर यातायात प्राली बिच भएको थियो ।दुईबिच भएको खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लाई शून्य को बिरुद्ध दुई (२) गोल गर्दै नमस्ते सुपर खोटाङ भोजपुर यातायात प्रालिले जित हासिल गरेको छ ।
आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११.३० बजेदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए ।

बल हस्तान्तरण पछि सामुहिक फोटो सेसन आयोजक, अतिथि र खेलाडी

यस्तै, दिउँसो १.३० बजेदेखि बाम्राङ फुटबल क्लव र नेर्पा स्पोर्टस् क्लव तथा ३.३० बजेदेखि इन्द्रेणी पोखरी सामाजिक विकास क्ल्व र युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको प्रतिष्पर्धा हुने समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।
प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ । यस्तै, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र वींगर्सलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव सुमन हिङमाङले बताए ।
उद्घाटन सत्रमा स्थानिय कलाकारहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार
पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

पाथीभराको काखमा सात कविका सात कृति एकसाथ लोकार्पण

  २०८२ पुष २०, शनिबार

सम्बन्धित खबर