मंग्सिर २१, २०८० बिहिबार

टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुँदै

टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुँदै             खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा प्रथम पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीताको तयारी थालिएको  छ । ‘आफ्नो जन्मथलोे आफै चिनाऔं, आर्थिक विकास र परिवर्तनका लागि युवा एकता र समानताका लागि खेलकुद’ भन्ने मुल नाराका साथ टेम्मा युवा क्लवको आयोजनामा आगामी कात्तिक १ गतेदेखि पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीताको तयारी गरिएको हो ।बृहत साँस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई ५५ हजार ५५५, दोश्रो स्थान प्राप्त गर्ने टिमलाई ३३ हजार ३३३, तेश्रो हुने टिमलाई २२ हजार २२२ र शान्त्वना स्थान प्राप्त खेलाडीलाई ११ हजार १११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । पुरस्कार रासी सस्थाको शुभचिन्तक बाट स्वेच्छिक सहयोग द्वारा ब्यवस्थापन  गरिने आयोजक कमिटिका खेमराज राईले बताउनु भयो ।                                                                         

यस्तै, उत्कृष्ट स्काइकर, डिफेन्डर र लिब्रोलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने टेम्मा युवा क्लवले जनाएको छ । प्रतियोगीता कृष्ण मावि टेम्मको प्रांगणमा सञ्चालन हुने प्रचार विभाग प्रमुख ग्याबिन किरातीले मदानी खबरलाई बताउनु भयो ।

पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता उद्घाटनको अवसरमा खोटाङ कलाकार समाजको साँगीतिक प्रस्तुतीका साथै शुभकामना आदन प्रदान कार्यक्रम रहने छ । खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, रोशन राई (पालुवास्टार), पार्वन राई (राई बुढा), बबिना किराती, मनिता चाम्लिङ राई र लोकेश राईको साँगीतिक प्रस्तुती रहने प्रचार बिभाग प्रमुख राईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर