भाद्र ३१, २०८३ मंगलबार

टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुँदै

टेम्मामा पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता हुँदै             खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा प्रथम पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीताको तयारी थालिएको  छ । ‘आफ्नो जन्मथलोे आफै चिनाऔं, आर्थिक विकास र परिवर्तनका लागि युवा एकता र समानताका लागि खेलकुद’ भन्ने मुल नाराका साथ टेम्मा युवा क्लवको आयोजनामा आगामी कात्तिक १ गतेदेखि पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीताको तयारी गरिएको हो ।बृहत साँस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई ५५ हजार ५५५, दोश्रो स्थान प्राप्त गर्ने टिमलाई ३३ हजार ३३३, तेश्रो हुने टिमलाई २२ हजार २२२ र शान्त्वना स्थान प्राप्त खेलाडीलाई ११ हजार १११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । पुरस्कार रासी सस्थाको शुभचिन्तक बाट स्वेच्छिक सहयोग द्वारा ब्यवस्थापन  गरिने आयोजक कमिटिका खेमराज राईले बताउनु भयो ।                                                                         

यस्तै, उत्कृष्ट स्काइकर, डिफेन्डर र लिब्रोलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने टेम्मा युवा क्लवले जनाएको छ । प्रतियोगीता कृष्ण मावि टेम्मको प्रांगणमा सञ्चालन हुने प्रचार विभाग प्रमुख ग्याबिन किरातीले मदानी खबरलाई बताउनु भयो ।

पुरुष खुला वडा स्तरिय भलिबल प्रतियोगीता उद्घाटनको अवसरमा खोटाङ कलाकार समाजको साँगीतिक प्रस्तुतीका साथै शुभकामना आदन प्रदान कार्यक्रम रहने छ । खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, रोशन राई (पालुवास्टार), पार्वन राई (राई बुढा), बबिना किराती, मनिता चाम्लिङ राई र लोकेश राईको साँगीतिक प्रस्तुती रहने प्रचार बिभाग प्रमुख राईले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर