भाद्र २८, २०८३ शनिबार

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार हरिबोल आचार्यलाई

खोटाङका पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् ।                               प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आचार्यसहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार गरिने भएको हो ।

प्रेस काउन्सिल नेपालले शुक्रबार साँझ जारी गरेको सूचनामा आगामी असोज ६ गते वार्षिकोत्सवको अवशरमा पुरस्कार प्रदान गरिने उल्लेख छ । आचार्य लामो  करिब एक दशक अघिबाट आफ्नै जन्मथलो  खोटाङ जिल्लामा रहि पत्रकारिता पेशामा सक्रियताका साथ काम गरिरहेका छ्न । आचार्य हलेसी न्युज नेटवर्कका सञ्चालक हुन् । हलेसी न्युज नेटवर्कमार्फत खोटाङमा हलेसी साप्ताहिक र हलेसीखबर डटकम अनलाईन सञ्चालमा रहेको छ ।        १० बर्ष अघिको एभिन्युजमा रिपोर्टिङ गर्दै  आचार्य

यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिने प्रेस काउन्सिल नेपालले  जनाएको छ ।

यस्तै, प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिने प्रेस काउन्सिल नेपाल द्वारा निकालिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर