असार ७, २०८२ शुक्रबार

केपिलास गाउँपालिका द्वारा आयोजित खुला डवल व्याडमिन्टन प्रतियोगिता सम्पन्न

खोटाङको केपिलासगढी गाउँपालिकाले आठौं संविधान दिवसको अबसरमा आयोजना गरेको खुला डवल व्याडमिन्टन प्रतियोगीता सम्पन्न गरेको छ ।  खुला डवल व्याडमिन्टन प्रतियोगीतामा दोर्पा स्पोर्टस् क्लवका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेका छन । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगीताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो । बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगीतामा सोल्मा स्पोर्टस् क्लवका प्रकाश राई र पवन राईको जोडी दोश्रो ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रविण मुग्रातीको जोडीले तेश्रो स्थान प्राप्त गरेका छन् ।

पुरस्कार ग्रहण पछि                               

यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एबं गाउँपालिकाका सुचना प्रविधि अधिकृत संगम खतिवडाले मदानी खबरलाई बताउनु भयो । विजेता टिमलाई गाउँपालिका अध्यक्ष समिर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

संविधान दिवसको अवसरमा गाउँपालिकाले पालिका परिसर   सरसफाई तथा अफिसियल व्याडमिन्टन कभर्डहल उद्घाटन , साथमा खुला डवल व्याडमिन्टन प्रतियोगीतामा आयोजना गरेको पालिका प्रमुख समीर राईले बताउनु भयो ।

गाउँपालिका परिसर सफा गर्दै

प्रतियोगीतामा जम्मा २५ टिमको सहभागीता रहि प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको रेफ्रीहरुमा मनबिक्रम राई, अम्मर बहादुर श्रेष्ठ ,बिजय राई रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर