भाद्र ३०, २०८३ सोमबार

केपिलास गाउँपालिका द्वारा आयोजित खुला डवल व्याडमिन्टन प्रतियोगिता सम्पन्न

खोटाङको केपिलासगढी गाउँपालिकाले आठौं संविधान दिवसको अबसरमा आयोजना गरेको खुला डवल व्याडमिन्टन प्रतियोगीता सम्पन्न गरेको छ ।  खुला डवल व्याडमिन्टन प्रतियोगीतामा दोर्पा स्पोर्टस् क्लवका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेका छन । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगीताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो । बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगीतामा सोल्मा स्पोर्टस् क्लवका प्रकाश राई र पवन राईको जोडी दोश्रो ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रविण मुग्रातीको जोडीले तेश्रो स्थान प्राप्त गरेका छन् ।

पुरस्कार ग्रहण पछि                               

यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एबं गाउँपालिकाका सुचना प्रविधि अधिकृत संगम खतिवडाले मदानी खबरलाई बताउनु भयो । विजेता टिमलाई गाउँपालिका अध्यक्ष समिर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

संविधान दिवसको अवसरमा गाउँपालिकाले पालिका परिसर   सरसफाई तथा अफिसियल व्याडमिन्टन कभर्डहल उद्घाटन , साथमा खुला डवल व्याडमिन्टन प्रतियोगीतामा आयोजना गरेको पालिका प्रमुख समीर राईले बताउनु भयो ।

गाउँपालिका परिसर सफा गर्दै

प्रतियोगीतामा जम्मा २५ टिमको सहभागीता रहि प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको रेफ्रीहरुमा मनबिक्रम राई, अम्मर बहादुर श्रेष्ठ ,बिजय राई रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर