मंग्सिर १४, २०८० बिहिबार

तरहरा ईटहरी हुदै दिक्तेल आउदै गरेको जिप दुर्घटना

सिताराम राई (सञ्जिव)

तरहरा ईटहरी हुदै दिक्तेल आउदै गरेको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थीत खोक्सेली खोलामा प्रदेश नं. १–०२–००१–ज ४०२४ नम्बरको जिप दुर्घटना हुँदा आज ४ जना घाइते भएका हुन् ।    रोड बाट १०० मिटर तल झरेको जिप            घाइतेहुनेहरुमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने ३८ वर्षिय राजकुमार गुरुङ निजकी श्रीमती वर्ष ३१ की अन्जु गुरुङ, उनिहरुका ७ वर्षिय छोरी नियाषा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी राम बालक रायले बताउनुभयो । उहाँका अनुसार इटहरी नगरपालिका–२० तरहराका ४० वर्षिय विनोद गुरुङ सामान्य घाइते भएका छन् ।    दुर्घटना ग्रस्त जिप          ड्राइभर सहित ८ जना सवार जिप अनियन्त्रित हुँदा सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । घाइतेहरुको खोक्सेलीस्थीत मन्दिर डाडामा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नवौ उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय खोटाङ द्वारा उद्योमी सम्मान

  २०८० मंग्सिर ९, शनिबार

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान खोटाङ जिल्लामा सुरु यस्तो छ सेडुल

  २०८० मंग्सिर ९, शनिबार

केपिलास गढी गापामा आगो लागिबाट सख्त घाईते सरिताको गाउँपालिकाले उपचार गरिदिदै

  २०८० मंग्सिर ४, सोमबार

सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति

  २०८० मंग्सिर ३, आइतबार

सोल्मा समाजिक गुठिले राष्ट्रिय र स्थानिय कलाकारको प्रस्तुति सहितको कार्यक्रम गर्दै

  २०८० कार्तिक २१, मंगलबार

सुक्रबार राती भूकम्पमा परेर उपमेयरको मृत्यु

  २०८० कार्तिक १८, शनिबार

मध्य राति ६.४ म्याग्निच्युडको भूकम्प

  २०८० कार्तिक १८, शनिबार

सम्बन्धित खबर