चैत्र २९, २०८२ शनिबार

खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आसन्न मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहिबार जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि जिल्ला न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत सुवास बाबु पुरीले कार्यालयको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई , जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक मञ्जिल मुकारुङ , सशस्त्र प्रहरीका प्रमुख श्याम रावत ,अनुसन्धान प्रमुख सन्जय मन्डल , जिल्ला निर्वाचन अधिकारि राजेस गाैतम,लगायत सहभागी रहेका थिए ।जिला निर्वाचन अधिकृतको कार्यालय स्थापना
मंसिर ४ गते हुने निर्वाचन स्वच्छ निष्पक्ष रुपमा सम्पन्न गर्न आफुहरु तयार रहेको मुख्य निर्वाचन अधिकृत पुरीले मदानी खबरलाई बताउनु भयो ।
उहाँले निर्वाचन लाई आचारसंहितामा रहेर मर्यादित ढंगले सम्पन्न गर्नका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै असोज २२ गत्तेका दिन निर्वाचनमा सहभागी दल तथा उम्मेद्बारीहरु सित छलफल गरिने कार्यक्रम रहेको बताउनु भयो ।
आयोगका अनुसार असोज २३ गते प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रमा प्रत्यक्षतर्फको उमेद्वारी दर्ता हुनेछ । भने असोज २६ गते उम्मेद्वारीको अन्तिम नामावली प्रकाशन गरिनेछ ।   २  वटा नगरपालिका ८ वटा गाउँपालिका गरि जम्मा १० वटा स्थानीय तह रहेको खोटाङमा ७९ वटा वडा रहेका छन । जिल्लामा १९४ वटा मतदान केन्द्र र १३६ वटा मतदानस्थल तोकिएको छ ।
जस अन्तर्गत एउटा मात्र केन्द्र भएको ८४ , दुई वटा केन्द्र भएको ९२ र तिन वटा केन्द्र भएको १८ मतदानकेन्द्र रहेको छ । जिल्लामा पुरुष मतदाता सङ्ख्या ७५ हजार र महिला मतदाता सङ्ख्या ६८ हजार ७ सय ४६ जना गरि कुल १ लाख ४३ हजार ७ सय ५२ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन अधिकारी राजेस गाैतमले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार
वडा अध्यक्ष लिला चाैहान पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी–८ का वडाध्यक्ष चौहान प्रहरी हिरासतमा

  २०८२ पुष २१, आइतबार

सम्बन्धित खबर