श्रावण १, २०८२ मंगलबार

एमाले ले खोटाङको संघ र प्रदेशको उम्मेद्बार टुंगो लायो

सिताराम राई (सञ्जिव)

आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले खोटाङ्को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले एमालेका उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

खोटाङका प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरुको नामावली मध्यबाट केन्द्रले आधिकारिक डकुमेन्ट मागेको आधारमा उम्मेदवार बन्नेहरुको नामको टुङ्गो लागेको एमाले खोटाङका सचिब कुमार प्रसाद आचार्यले मदानी खबरलाई बताउनुभयो ।
एमालेले खोटाङको प्रतिनिधिसभा उम्मेद्बारीका लागि एमालेका पोल्युटब्यूरो सदस्य, एमालेका प्रमुख सचेतक तथा जिल्ला इन्चार्ज विशाल भट्टराई लाईं उम्मेदवार बनाएको उहाँले बताउनुभयो ।

यसैगरी प्रदेश सभा तर्फ (क) मा पाँचकर्ण राई (पि.के) र (ख) राम प्रसाद दंगाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । प्रतिनिधि सभाका लागि खोटाङबाट ७ जना र प्रदेश सभाकालागी क बाट ४ जना र ख बाट निर्विरोध रामप्रसाद दंगालको नाम सिफारिस भएको थियो । यही असोज २३ गते खोटाङमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्बारी सिफारिस भएका प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य तिनै जना उम्मेद्बारीहरुले उम्मेदवार दर्ता गराउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर