असोज १, २०८३ बुधबार

सहिद मनोज जोशी प्रतिभा पुरस्कार द्वारा  हेम बिक्रम राई पुरस्कृत

सहिद मनोज जोशी प्रतिभा पुरस्कार द्वारा  हेम बिक्रम राई पुरस्कृत
खोटाङका शिक्षक हेम बिक्रम राई पुरस्कृत हुनु भएको छ । सहिद मनोज जोशिको ३२ औ स्मृति दिवशको अवसरमा खोटाङ जिल्लाको दिक्तेल बजार अस्पताल चोक स्थित समाधी स्थमा आयोजित माल्यार्पण तथा श्रद्धाञ्जली सभा  कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामकुमार राई ( पासाङ ) ले शिक्षक राईलाई दोसल्ला ओढाएर नगद सहित सम्मान-पत्र हस्तान्तरण गर्नु भएको थियो ।

शिक्षा , कला ,साहित्य र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै शिक्षक राईलाई १० हजार राशिको सहिद मनोज जोशी प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
सहिद जोशिको नाममा स्थपना गरिएको प्रतिभा पुरस्कार यश बर्ष खोट्क्ङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ का शिक्षक हेम बिक्रम राई लाई प्रदान गरिएको मनोज स्मृति प्रतिस्ठानका अध्यक्ष कुमार प्रसाद आचार्यले मदानी खबरलाई बताउनु भयो ।
शिक्षा पेशामा प्रवेश गर्नु आघी तत्कालीन जिला बिकाश समितिको अस्थाई मुखियाको रुपमा कार्यरत  पुरस्कृत  राई २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएको कारण जागिर बाट बर्खास्त हुनुभएको थियो ।


राई सहिद मनोज जोशी सङै ईण्द्रेणी सास्कृतिक समाज नामक सस्थामा सङै आवद्ध रहनु भएको थियो ।
यस्तै भोजपुर घर भई दिक्तेलको भवन गैरामा पक्षघात पिडित शान्ताराज शाक्यलाई राहत स्वरुप ६ हजार बराबरको नुन, तेल चामल दाल प्रदान गरिएको अध्यक्ष आचार्यले बताउनु भयो ।यसका साथै सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन १३ गत्ते मनोज मार्ग सरसफाई  ,  १४  गत्ते रक्तदान र जिल्ला अस्पतालको बेडमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।


२०४८ साल साउन १५ गत्ते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकार संग भएको सम्झौता अनुशारको सेवा नदिएको भन्दै दिक्तेलमा निकालेको शान्तिपुर्ण सहभागी बनेका जोशिलाई हेलि प्याडमा र्‍याली आईपुगे पछि गोलि लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर