“सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा बिरुद्धको अभियान” ,भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म जिल्लाभर विशेष अभियान सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।
महिला, बालबालिका अधिकार कर्मी जिल्ला प्रहरी कार्यालय रेड्क्रस ,मानव अधिकार आयोग तथा राष्ट्रिय महिला आयोग र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा मङ्सिर ९ गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङको जिल्लाको दिक्तेल बजार स्थित प्रहरिकार्यालय बाट निकालिएको र्याली हटिया डाडा, बैक चोक बेस क्याम्प हुँदै किरात चोक रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।
पछिल्लो समय समाजमा महिला हिंसा तथा हिंसात्मक गतिबिधिहरुले बिकराल रुप लिएकोले यसलाई घर घर बाटै सबै लागि परि नियमन तथा नियत्रणमा लाग्नु पर्ने सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले धारना राख्नु भयो ।
सभालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तिर्थ भट्टराईले सम्बोधन गर्दै लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि नगरपालिकाले आफ्नो नगर भित्र विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।
पुर्व सम्बिधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेत्री कार्यक्रमका प्रमुख अतिथि दुर्गा जयती राईले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि एक हुनु पर्ने ,लैगिक हिङ्सा भन्ने बित्तिकै लिङ्गको आधारमा हुने हिङसा चाहे पुरुष होस , महिला या तेस्रो जेन्डर जे भएनी हिङ्साको अत्य भए मात्रै समाज र देसमा सु-शासन कायम हुने धारणा व्यक्त गर्नु भयो ।
जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि प्रहरिले आफ्नै कार्यलयको उदाहरण दिदै भन्नू भयो कहिले जानेर वा नजानेर हिङ्सा भै रहेको छ । “प्रहरी कार्यालयको दैनिक पुजा गरिने मन्दिरको पेटि माटाको थियो दैनिक लिप घस गर्न जाडोमा होस अन्य अवस्थामा महिला प्रहरिले नै लिप घस गर्दै आएको थियो त्यो सामान्य भएपनी महिला हिंसा थियो त्यसलाई हामिले सिमेन्ट बालुवा प्रयोग गरि पक्की बनाएका छौ ” यसरी साना कुरा बाटै लैङ्गिक हिङ्साको अन्त्य गर्दै लान हामिले १६ दिनमा महिला ,जेष्ठनागरिक , बिध्यालय हुँदै गाउँ टोल र वडा पालिका हुँदै जिल्ला भर गर्ने छौ आज बाटै सबै प्रहिरी कार्यालयहरुमा ईमेल , व्हाट्सअप,फेस्बुकमा सेडुल पठाएर लागू गरिनेछ । प्रनाउ ले भन्नू भयो खोटाङ जबर्जस्ति करणीको घटना अधिकतम भएको हुदा यश कार्यक्रमलाई प्रभाबकारिता बनाउन सके कम हुने बिश्वास राख्दै सबै एक भएर अघि बढ्न आग्रह समेत गर्नु भयो ।
र्यालीमा अधिकारका क्षेत्रमा क्रियाशील संघ सस्था, महिला तथा बालबालिका नेपाल प्रहरी, खोटाङ उध्योग बाणिज्य संघ ,रेडक्रस सोसाईटी,विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि हरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले मानव अधिकार सबैको लागि, महिला हिंसा अन्त्य गरौँ कुरा हैन काम गरौँ, खुलेर बोलौँ विभेद रोकौँ, महिला हिंसा रोकौँ लगायत लेखिएका प्लेकार्डसहित सहभागी थिए । कार्यक्रम जिल्ला प्रहरि कार्यालयका प्रमुख प्र ना उ पुरुषाेत्तम खड्काको अध्यक्षता माननीय दुर्गा जयन्ती राईको प्रमुख आतिथ्यता दिक्तेल रुपाकोट मझ्य्वागढी नगरपालिकाका मेयर तीर्थ राज भट्टराई को विशिष्ट आथित्यतामा सम्पन्न भएको कार्यक्रमलाई प्रहरी निरीक्षक टिकाराम वरालले सन्चालन गर्नु भएको थियो ।
© मदानी खबर 2022 सर्वाधिकार सुरक्षित Site by: Neptop