भाद्र २७, २०८३ शुक्रबार

खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ

मदानी खबर , खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् ।

एमसीसी सम्झौता विरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी आव्हान गरेको बन्द सफल बनाउन हिँडेका पाँच बन्दकर्तालाई प्रहरीले दिक्तेलबाट पक्राउ गरेको हो ।
मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०का नेता झमप्रसाद आचार्य, नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुदीप शर्मा लागायत पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । मध्यपहाडी लोकमार्गमा यातायात बन्द गराउँदै हिँडिरहेको अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्लामा एमसीसी सम्झौता विरुद्ध आव्हान गरिएको बन्दको प्रभाव सबैभन्दा बढी शैक्षिक संस्थामा परेको छ । यातायातमा पनि आंशिक प्रभाव परेको छ । यद्यपी, प्रहरीले भने बजार तथा यातायातमा बन्दको प्रभाव नपरेको जनाएको छ । बन्दको हल्लाबीच दिक्तेलबाट दैनिक काठ्माण्डौं, इटहरी लगायतका लागि छुट्ने सवारी साधन बिहान छुटाइएको थियो । यात्रु बाहक सवारी साधनलाई प्रहरीले स्कटिङ गर्दै गन्तव्य स्थानतर्फ पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर