फागुण ३, २०८१ शनिबार

राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को क्यानभासमा रंग लगाएर उद्घाटन

उजिर कार्की ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच उदघाटन गर्नुभयो । क्यानभासमा रंग लगाएर राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ! सो अवसरमा त्यहाँ राखिएका चित्रकलाकाे राष्ट्रपति पाैडेलले अवलाेकन पनि गर्नुभयो ।

 

कला, संस्कृति र पर्यटन प्रवर्धनको उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुगेको जनाइएको छ ।

नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत चित्रकला प्रदर्शनी यहाँ गरिएको हाे । यस्तो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिंगो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँने काममा योगदान पुग्ने बताइकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

५ नं. वडा कार्यालय दुवेकोलले विभिन्न विधामा उत्कृष्टलाई सम्मान

  २०८१ माघ १९, शनिबार

रावा बेसी गाउँपालिकामा नेवाः देय् दबू रावा बेसी गाउँपालिकाको प्रथम पालिका अधिबेशन सम्पन्न

  २०८१ माघ ३, बिहिबार

खोटाङको रावा बेसी गाउँपालिका ५ नं. वडा कार्यालय दुवेकोलको वडा कार्यालय सेवा केन्द्र भवनको उत्घाटन

  २०८१ पुष १७, बुधबार

टेम्मामा अमराजेम्पा रहरसिंह राई स्मृति फुटबलको तयारी

  २०८१ मंग्सिर १९, बुधबार
सम्पर्क मन्च्को देउसी र शुभकामना

खोटाङ काठमाडौ सम्पर्क मञ्चको तिहार र छैठको अबसरमा शुभकामना र देउसी ।

  २०८१ कार्तिक १४, बुधबार
सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

खोटाङ काठमाडौ सम्पर्क मञ्चले तिहार र छैठ विशेष शुभकामना र देउसी भैलो कार्यक्रम गर्दै

  २०८१ कार्तिक ९, शुक्रबार

स्वर्गीय सस्थापक अध्यक्षको सम्झनामा भलिबल प्रतियोगिता सम्पन्न

  २०८१ कार्तिक ८, बिहिबार

सम्बन्धित खबर